जापानमा चक्कु हमलाबाट १९ जनाको मृत्यु
फोनिज कोरिया संवाददाता
जापान
जापानमा अपागंताहरुको आवसीय सेवा केन्द्रमा एक पूर्व कर्मचारी मंगलबार प्रवेश गरी चक्कु प्रहार गर्दा १९ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् । सागामिहारा शहरमा भएको उक्त घटना जापानमा हालसम्म घटेका आमहत्या मध्ये एक भएको स्थानिय संचारमाध्यमले जनाएको छ ।
२६ वार्षिय हमलाकारीले आक्रमण गरेपछि प्रहरी चौकीमा पुगरे घटना स्विकारेका थिए । उनले मानसिक रोगीहरु रहेको उक्त केन्द्रमा मंगलबार विहान स्थानिय समय अनुसार अढाई बजे प्रवेश गरी चक्कु प्रहार गरेका थिए। करिब १ सय ४९ जना बस्दै आएका केन्द्रमा घटना घटेको बेला आठ जना काममा खटिएका थिए ।
हमला कारी युवाले अपांगता भएका व्यक्तिहरु संसारबाट नै लोप गराउन चाहेको प्रहरीलाई बताएका थिए ।