कोरियामा नेपाली कामदारको समस्या समाधान गर्न दूतावासमात्रै असमर्थ छ – श्रमसहचारी
फोनिज कोरिया संवाददाता
सउल
दक्षिण कोरियाका लागि श्रम सहचारी देवराज ढकालले कोरियामा नेपाली कामदारको बढ्दो आत्माहत्या वा सुतेकै आवस्थामा मृत्यु जस्ता असामयीक घटनालाई न्यूनिकरण गर्न सरकारले मात्रै नसक्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ कोरिया शाखाले आइतबार सउलमा गरेको पत्रकार र संघसंस्थावीचको समुन्वयात्मक भूमिका बारे अन्तरकृया कार्यक्रमा बोल्दै श्रमसहचारी ढकालले उक्त अभिव्यक्ति दिएका हुन् । स्रोत साधन र प्रविधीको अभावमा कोरियाको कुनै ठाउँमा घटेको मजदुर घटनामा तुरुन्त पुग्न नसकेको पनि श्रमसहचारीले स्पष्ट पारे ।
कोरियामा व्यप्त मजदुर समस्यालाई पहिचान गर्न यहाका विभिन्न नेपाली संघसंस्थाको पनि उत्तिकै महत्वपूर्ण भूमिका आवश्यक रहेको बताए । करिब नेपाली २ लाख कमाइ हुने कोरियामा मात्र ३ हजार खर्च गरेर बैंकबाट नेपाल पैसा पठाउन लोभ गरेर देशलाई घाटा हुने काम नर्गन अनुरोध पनि गरे । यस्तो गर्न सके हुन्डी व्यवसाय स्वत्त आफै घटने उल्लेख गर्दै धेरै रेमिटेन्स दिनेलाई सरकारले पनि सम्मान गर्नु पर्ने धारना राखे ।
दक्षिण कोरियामा नेपाली कामदारको समस्या र पीडाप्रति नेपाली राजदूताबास मौन बसेको आरोप लागि रहेको बेला श्रम सहचारी देवराज ढकालबाट यस्तो प्रतिक्रिया आएको हो ।