कोरियामा रेष्टुरेण्टन व्यवसायी मनोज डांगीद्धारा आत्माहत्या
सउल
दक्षिण कोरियामा रेष्टुरेन्ट व्यवसायी काठमाण्डौ रेष्टुरेन्टका प्रवन्धक मनोज डाँगीले आत्माहत्या गरेको उनका परिवारले जनाएका छन् । मंगलबार अपराहन्न ४ बजे आफ्नै कोठामा झुण्डीएको अवस्थामा भेटिएको परिवारले जनाएको छ ।
हाल डाँगीको शब होइ०उनदो स्थित थुइ०सिइ० अस्पतालको लास घरमा राखिएको अस्पताल पुगेका एनआरएन आइसीसीका प्रतिनिधी केपी सिटौलाले जानकारी गराए । उनका परिवारलाई प्रहरीले सोधपुछ गरिएको पनि सिटौलाले बताए ।
कोठामा झुण्डी रहेको अवस्थामा कान्छा छोराले देखेपछि तुरुन्तै अस्पताल पुराए पनि उनको मृत्यु भइसकेको अस्पतालले घोषणा गरेका थिए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसस) दक्षिण कोरियाका अध्यक्ष समेत रहेका डांगी आइतबार दूतावासले गरेको संविधान दिवसमा कविता वाचन प्रतियोगितामा समेत सहभागि भएका थिए ।
आत्माहत्या बारे कोरिया स्थीत नेपाली राजदूताबासका श्रम सहचारीलाई जानकारी आइसकेको बताए । करिब डेड दशकदेखि कोरियामा डाँगी सपरिवार व्यवसाय गर्दै आएका थिए । उनका पत्नी पनि अहिले कोरियामै रहेको र दुई छोरा कोरिया मै अध्ययन गरिहरको छ । घटना बारे विष्तुत जानकारी आउन बाँकी नै भएकाले फोनिज कोरिया हेर्दै गुर्नहोला ।