फोनिज कोरिया सम्बाददाता
नयाँ शक्ति कोरियाले आफ्नो संगठनलाई अझ ब्यापक बनाउन छिट्टै आफ्नो भाबी कार्यक्रम सार्वजनिक गर्ने भएको छ।
यहि सेप्टेम्बर १६ तारिकका दिन राजधानी सउलमा ऐतिहासिक रुपमा कार्यक्रम सफल पारेपछि अझ उत्साहित बनेको नयाँ शक्तिले नब प्रवेशी हरुलाई उचित ब्यबस्थापन गर्न र संगठन लाइ अझ सक्रिय पार्न आफ्ना बिभाग हरुलाइ थोरै परिमार्जन गरेर भाबी रणनीतिहरु ल्याउन लागेको हो । यसका लागि आफ्नो ऐतिहासिक कार्यक्रमको समिक्षा गर्न छिट्टै केन्द्रिय समितिको बैठक बस्ने र उक्त बैठकबाट अन्तरिम समयका लागि केहि आन्तरिक कार्य विभाजन मा समेत हेरफेर हुन सक्ने नयाँ शक्ति कोरियाले जनाएको छ भने पार्टी प्रवेशको लागि धेरै युवाहरुले इच्छा ब्यक्त गरेका कारण भाबि योजनामा प्रवेश कार्यक्रमलाइ निरन्तरता दिदै अब प्रत्येक क्षेत्रमा औपचारिक रुपमा पार्टी प्रवेश कार्यक्रम पनि समाबेश गर्ने नया शक्ति कोरियाले जनाएको छ ।
सेप्टेम्बर १६ तारिक का दिन डेढ सय भन्दा बढी युबाहरु कार्यक्रम स्थल मै पार्टी प्रवेश गरेका थिए । कोरियामा कार्यक्रमलाइ अत्यन्तै सभ्य र भब्य रुपमा सफल पारेको नयाँ शक्ति यतिखेर सबैको बधाइको पात्र बनेको छ । कार्यक्रम स्थलमा सुरक्षा, स्वयंसेवक, अतिथि स्वागत लगायतका बिषयहरु अत्यन्तै चुस्त थिए भने संगठन भित्रका बक्ताहरु पनि समाबेशिताका आधारमा चयन गरेको थियो ।
जस मध्ये दलितबाट प्रबक्ता जिबन बिश्वकर्मा, जनजातिबाट सचिबालय सदस्य लोचन राइ, खस आर्यबाट सचिबालय सदस्य रमेश उप्रेती र महिलाबाट सचिबालय सदस्य नारायणी घर्ति मगरले आफ्नो मन्तब्य राखेका थिए भने सहसंयोजक सी.पी. ओलीले शुभकामना मन्तब्य राखेका थिए । नयाँ शक्तिको नयापनको यो अभ्यासलाई सबैले खुलेर प्रशंशा गरेका थिए ।
त्यस्तै कार्यक्रम सफल पार्न उपस्थित जनाउनुहुने महामहिम कार्यबहाक राजदुत ज्यु,एन आर एन ,एन सी सी का प्रतिनिधि हरु ,विभिन्न संघ सस्थाका प्रतिनिधि हरु, राजनीतिक दलका कार्यकर्ता हरु,पत्रकार तथा सामजसेबी हरु लगायत सबै सुभेच्छुक हरुलाई नयाँ शक्ति कोरियाले हार्दिक धन्यबाद समेत प्रकट गरेको छ l