कोरियाकामा आत्माहत्या गरेका व्यवसायी डांगीको अन्त्येष्टी
फोनिज कोरिया संवाददाता
सउल
दक्षिण कोरियामा गत मंगलबार आत्माहत्या गरेका रेष्टुरेन्ट व्यवसायी मनोज डाँगीको आइतबार कोरियामै अन्त्येष्टी गरिएको छ । सउलको ह्याइ०जे शबदाहन घरमा दिनको १ बजेतिर उनको शरिरलाई विद्युतिय यन्त्रका राखी अन्त्येष्टी गरिएको थियो । डांगीका पत्नि रिता गुरुइ० र दुई छोरा अन्त्येष्टी स्थनमै पुगेर अन्तिम विदाई गरेका थिए ।
अन्त्येष्टीमा कोरियाका कार्यवाहक राजदूत किरण शाक्य, श्रम सहचारी देवराज ढकालदेखि एनआरएन आइसिसी प्रतिनिधी केपी सिटौला, एनआरएनए कोरियाका अध्यक्ष राजु छेत्रीलगायत अन्य पदाधिकारदेखि विभिन्न संघसस्थाका प्रतिनीधी, व्यवसायी , विद्यार्थि, पत्रकारसहित अन्य नेपाली समुदायको बाक्लो उपस्थिती रहेको थियो ।
मृतक डांगीको मृत्युलाई हत्या होकी भन्ने आशंकामा कोरियावासी नेपालीको शंका र नेपालबाट परिवारले छानविन गरिपाउ भनी दूतावासमा दिएका निवेदनपछि परेको थियो । प्रहरीबाट आत्माहत्याबाट नै मृत्यु भएको प्रतिवेदन आएपनि नआरएन आइसिसी प्रतिनिधी केपी सिटौलाको विषेश पहलमा शबको पोष्टमार्टम रिपोर्ट र सिसी टिभीको अध्ययन गरी आत्माहत्या नै गरेको भन्ने पुष्टी भएपछि अन्त्येष्टी गरिएको हो ।
मृतक डांगी २००९ सालदेखि कोरियामा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका थिए । हाल उनले सउलको सिन्छन शहरमा काठमाण्डौ रेष्टुरेन्ट सन्चालन गर्दै आएका थिए । उनी अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष र एनआरएन कोरियाका पूर्व कोषाध्या समेत रहेका थिए ।