कोरियामा दशैको तयारी, दूताबासले उमारे जमरा
सउल
दशैं नेपाल र नेपालीको सबैभन्दा ठूलो पर्व । धार्मिक र सांस्कृतीक पर्वको रुपमा नेपालीहरुले मनाउदै आएको पाइन्छ । केही धर्म र समुदायले दशैलाई नमनाउने भनिएता तापनि आखिर नेपालको राष्ट्रिय पर्व भएकाले सबैको ध्यान केन्द्रित गराउछ । देशमै त वर्षो शहरमा बसेका आफन्त केही दिनको लागि मात्रै भए पनि गाउँमा परिवारलाई भेट्न धाउछन भने विशेमा बस्ने नेपालीहरुको मन त नकुडीने कमै होला ।
त्यसैले विदेशमा रहेको नेपालीहरु एक अर्कामा भेटेर दशैको तृष्ण मेटाउनु स्वभाविक हो । दक्षिण कोरियामा पनि विभिन्न शिलशीलामा रहेका नेपालीहरुलाई एक ठाउँ भेला पार्दै यसपाली एनआएरएन कोरियाको संयोजकत्वमा यहाँका विभिन्न सामाजिक ,राजनीतिक , क्षेत्रिय संस्थाहरु मिलेर संयुक्तरुपमा दशै मनाउने तयारी गरिरहेका छन् । कोरियाकोरियामा दशैको तयारी, दूताबासले उमारे जमरा राजधानी सउलको दोइ०देमुन शहरमा गरिने सो कार्यक्रममा अग्रजबाट टिका जमरा ग्रहनदेखि गीत संगीत प्रस्तुत गरी मनोरञ्जन पनि गरिने भएको छ ।
त्यस्तै पर्सि मंगलबार तिथिले ठ्याक्कै विजय दशमीकै दिन विदेशमा राष्ट्रिय अभिभावकत्व दायित्व बोकेको नेपाली राजदूतावासले पनि टिका जमरा ग्रहन कार्यक्रम राखेका छन् । सो दिन दूताबासको सरकारी विदाको दिन परेता पनि राष्ट्रिय पर्व दशै मनाउन आफूहरु दूताबासमा बस्ने कार्यबाहक राजदूत किरण शाक्यले बताउनुभयो । दूतावासमा उमारिएको जमरालाई शनिबार फूलपातीको दिन श्रम सहचारी देवीराज ढकालले फूतपाती भित्राउनु भएको छ ।
त्यस्तै कोरियाको राजधानी सउलभन्दा टाडा अन्य प्रान्तका शहरहरुमा बसोबास गर्ने नेपालीहरुले पनि आ – आफ्नो पायक पर्ने ठाउँमा भेला भएर आइतबार विदाको दिन दशै मनाउने भएका छन् । जिन्जुमा गीत संगीत प्रस्तु गर्नुका साथै नेपाली चलचित्र प्रदर्शन गर्ने भएका छन् । बुसान किम्हे र गुनसान शहरमा रहेका नेपालीहरुले पनि दशै मनाउने भएका छन् । त्यस्तै छुनसान समाज, हिन्दु जागरण अभियान र इलाम दूर्योदय सेवा समाजले पनि छुट्टा छुट्टै दशै कार्यक्रम मनाउने भएका छन् ।