कोरियाको अस्पतालमा उपचार्थ भगवति सलामीलाई आर्थिक सहयोगकको अपिल
फोनिज कोरिया संवाददाता
सउल
करिब ५ महिना अगाडि रोजगारीका लागि कृषि भिजामा कोरिया आएकी कुनाथारी -१, सुर्खेत घर भएकी बर्ष २८ की भगवती सलामी मगर कोरिया आएको केही समयपछी ढाडको जटिल समस्याबाट ग्रसित भइ एउटा खुट्टा समेत नचल्ने अबस्थामा पुगेकि छन् | सौल ख्वान आक् गुमा रहेको सिम छंग अस्पतालमा कोरियामा रहनुभएका नेपाली बुद्धिजीबी र समाजसेबीहरुको विशेष पहलमा ढाडको सफल अपरेशन गरिएता पनि सलामी मगरको स्वास्थ्य कार्ड दर्ता र बिमा पनि नभएकोले अपरेसन खर्च अत्यन्त महङ्गो भएको छ | निजको आर्थिक अबस्था पनि अत्यन्त कमजोर भएकोले अस्पतालको बिल तिर्न नसकी डिसचार्ज हुन् सकेका छैनन् |तसर्थ कोरियामा रहनु हुने सम्पुर्ण महानुभावहरुले आफुले सकेको सहयोग गरिदिनु हुन नेपाली सम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष अन्जु के सीले कोरियाबासी नेपालीमा हार्दिक अनुरोध गरेकि छन् |
नेपाल मगर संघ कोरियाले पनि सलामी मगरको सहयोगको लागि बिसेष अभियान संचालन गरेको छ । समस्यामा परेकी चेलीलाइ हामी सबै नेपालीको सहयोगको खाँचो छ ।
सहयोगका लागि तल दिएको बैंक खातामा रकम जम्मा गरि निम्न ब्यक्तीहरु मा सम्पर्क गरिदिनु होला ।
बैंक IBK bank
खाता नं:- 401-065-80101012
कोड नं: 003
खाता वालाको नाम PUN LOK BAHADUR
(सम्पर्क नं0:- 010-2134-6206)
अन्य सम्पर्क नम्बर:
१, खड्ग थापा मगर ( सौल) 010 3218 2398
२, अशोक बुढा मगर (ओइजङ्बु) 010 3262 8565
३, सालिकराम पुलामी मगर (थेगु) 010 7214 3899
4, भिषण पुर्जा मगर ( किमेह/ बुसान)010 5953 4660
सम्पुर्ण सहयोग बिवरण अनलाइन मिडियामा हरेक दिन प्रसारण गरिने छ ।