कोरियाले नेपाली कामदार बढाउने
परराष्ट्र मन्त्रालयको उत्तरपूर्वी महाशाखा प्रमुख स्तरको उक्त स्थायी संयन्त्रको नियमित बैठकमा सहभागी हुन दक्षिण कोरियाका उत्तरपूर्वी तथा दक्षिण एसिया महाशाखा प्रमुख रिऊ जिओङ हुयन नेतृत्वको टोली नेपाल आएको थियो । कोरियामा हरेक वर्ष नेपाली कामदारको कोटा बढाउँदै लैजाने र नेपाललाई दिँदै आएको कोरियन सहयोगमा समेत वृद्धि गर्नेमा उनीहरू सहमत भएको परराष्ट्र अधिकारीले जानकारी दिएका छन् ।
कोरियामा अहिलेसम्म ४१ हजार ५ सय नेपाली कामदार गएका र तीमध्ये ३० हजार एक सयभन्दा बढीले अहिले पनि काम गरिरहेका उनीहरूले बताएका छन् । सहकार्यलाई मजबुद बनाउने विषयमा समेत छलफल भएको नेपाली पक्षको नेतृत्व गरिरहेका उत्तरपूर्वी महाशाखा प्रमुख झविन्द्र अर्यालले बताए ।