धाविका मीरा राई ‘एड्भेन्चर अफ दि इयर अवार्ड’का लागि मनोनयनमा
फोनिज कोरिया सम्वाददाता
नेपाली अल्ट्रा धाविका मीरा राई नेशनल जियोग्राफी च्यानलले हरेक वर्ष वितरण गर्ने ‘एड्भेन्चर्स अफ दि इयर अवार्ड’का लागि मनोनयनमा परेकी छिन् ।
१२ औं एड्भेन्चर्स अफ दि इयर अवार्डका लागि नेशनल जियोग्राफीले विश्वभरका साहसी खेलसँग आवद्धहरुमध्ये रार्ईसहित १० जनाको नाम शुक्रबार सार्वजनिक गरेको छ । उक्त प्रतिष्पर्धामा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरुको नाम छनोट गरिन्छ । छनौटमा परेकालाई नेसनल जियोग्राफीको वेबसाइटमार्फत् भोट हाल्न सकिन्छ । विश्वभरबाट आउने सर्वाधिक भोटको आधारमा विजेता घोषणा गरिने छ । भोट हाल्ने म्याद डिसेम्बर १६ सम्म खुल्ला रहने छ भने विजयीको घोषणा सन् २०१७ को जनवरीमा गरिने छ ।
विश्व म्याराथनमा आफूलाई स्थापित गर्दै आएकी भोजपूरकी मीरा राईले गत वर्ष फ्रान्समा सम्पन्न ८० किलोमिटरको विश्व म्याराथनमा पूर्व विजेतालाई टप्दै प्रथम स्थान ल्याउन सफल भएकी थिइन् । उनले १२ घण्टा ३२ मिनेट १२ सेकेन्डमा उक्त दौड पूरा गर्दै पहिलोपटक विश्व च्याम्पियन बनेकी थिइन् । उनी हङकङमा ५० किलोमिटरको एसियन च्याम्पियन, सन् २०१४मा इटालीमा ५७ र नर्वेमा ८० किलोमिटरको अल्ट्रा म्याराथन च्याम्पियन भएकी थिइन् ।
त्यस्तै ४५ किलोमिटरको स्काई रनिङ वल्ड सिरिजमा दोस्रो भएकी थिइन् । सोही प्रतियोगितामा दोस्रो स्थान हासिल गरेपछि मीराको अन्तर्राष्ट्रियस्तरमा लोकप्रिय भएकी हुन् । राष्ट्रियस्तरमा पनि उनले खेल सुरु गरेको छ महिनामै राष्ट्रिय च्याम्पियन बनेकी थिइन् ।
१४ वर्षको उमेरमा माओवादी जनयुद्धमा लागेकी मीरा माओवादी लडाकुका रुपमा दुईवर्ष जंगलमा तालिमसमेत लिइन् । तर सेना समायोजनको क्रममा अयोग्य भएपछि खेलकूदमा लागेकी मीराले छोटो समयमै विश्व च्याम्पियन बन्न सफल भइन् । नेपाली अल्ट्रा धाविका मीरा राईलाई ‘एड्भेन्चर्स अफ दि इयर अवार्ड’का लागि भोट दिएर विजयी गराई विश्वमा साहसी नेपालीको पहिचान गरौं ।
भोट दिने तरिका —–====
यो मुनिको लिन्क ओपन गरेर तलतिर सार्दै जानुस VOTE now भन्ने देखिन्छ त्यो लिस्ट मा मिरा राई को नाम हेरेर त्यस मा क्लिक गरेर भोट दिनुस है
http://