ब्लड क्यान्सर पीडितलार्इ युथफर चेन्ज कोरियाको सहयोग
सउल
युथ फर चेन्ज कोरियाले बागलुङ निवासी ब्लड क्यान्सर पिडित धनमाया बिकलाइ रु ९ हजार आर्थिक सहयोग गर्नेभएको छ । अनलाइन लोकदोहोरी प्रतियोगितामा प्राप्त पुरस्कारमा थपेर सो रकम विरामी विकलाई सहयोग गर्ने भएको अध्यक्ष सज्जन कुमार सिंहले बताए । प्राप्त रकम एकमुस्ठ रुपमा नेपाल पठाइने पनि सिंहले बताए ।
बागलुङ रोधि घरको बार्षिकोत्सबको अबसरमा आयोजित खुल्ला लोकदोहोरि प्रतियोगितामा युथफर चेन्जको तर्फबाट सहभागि भएका कोशिस कडेलले सान्त्वना पुरुस्कार बापत प्राप्त रु. ४ हजार प्राप्त गरेका छन् । सोही रकममा युथफर चेजन्जका सचिब दिपक स्टारले रु. ३ हजार तथा थुथ फरका सदस्य तथा लोक गायक एबि गौतमबाट रु. २ हजार थपी रु. ९ हजार सहयोग गर्न लागेको हो ।
२ सय २१ टिमको सहभागिता रहेको खुल्ला लाकदोहारि प्रतियोगिता दशैको फुलपातिमा सुरु भइ, एक महिना सम्म संचालन भएको थियो । अनलाइन बागलुङ रोधि घरले अनलाइन मार्फत लोकदाृहारि गितको प्रवर्दन र कला प्रस्फुटनमा जोड दिएको अध्यक्ष रमेश कुमार थापाले बताए।
उक्त अबसरमा बागलुङका विशेष ठाउको प्रचार गरिएको संयोजक रमन छन्त्यालले जानकारि दिए ।