कोरियामा गुन्सान नेपाली समाजको चौथो अधिबेसन सम्पन्न
फोनिज कोरिया संवाददाता
गुनसान
दाक्षिण कोरियामा गुनसान क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था गुन्सान नेपाली समाजको चौथो अधिवेशन गत आइतबार सम्पन्न भएको छ ।
ओसिक्दो माईग्रेंन सेन्टरमा सम्पन्न अधिवेशनले नाम्गेल तामांइ०को नेतृत्वमा १७ सदस्यीय नव कार्यसमिती चयन गरेको छ ।
समाजको पूर्व अधक्ष्य असोक गुरुङको सभापतिमा सम्पन्न अधिवेशनमा कोषाध्यक्ष अमित लिम्बुबाट आर्थिक आय ब्याय बिबरण प्रस्थुत गर्नु भयको थियो । ओसिक्दो माईग्रेंन सेन्टरका नवनियुकत सयोजक तथा अध्यक्ष डा. किशोर कोइरालाले ओएफएमसी बारे जानकारी गराउदै नेपालीहरुमा हुने विभिन्न कठिनाईलार्इ कसरि समाधान गर्न सकिन्छ भन्ने बिषयमा मन्तब्य राख्नु भएको थियो ।
सचिब रिम चोचांगीले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष कमल तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिए । सस्थापकउपाध्यक्ष सालिक न्यौपानेले संस्था संचालन गर्न बाहिर बाट जति सजिलो देखिन्छ भित्र उतिनै गारो हुने भएकोले सबै मिलेर अगाडी बद्नकोलागी आवहान गर्नु भएको थियो ।
गुन्सान नेपालीहरुको एकता सद्भावले १वर्ष भित्रमा देस बिदेसदेखि कोरीया भरी संस्थालार्इ चिनाउदै सबैभन्दा ठुलो धनरासीको फुटबल खेल आयोजना गरी आर्थिक कोष बढाउन सफल भएको पूर्व कार्यसमितीले जनाएको छ ।
गुनसान्मा नेपालीहरुलाई परेको आपतविपतमा आर्थिक सहयोग गर्नका साथै सबै मिलेर अगाडी बढ्ने हो भने नेपालीहरुकोलागि धेरै ठुलो काम गर्न सकिने र आगामी दिनहरुमा संस्थाले अझै ठुलो योजना लिएर जानु पर्ने सुझाव वक्ताहरुले दिएका थिए ।
कार्यक्रममा उपाध्यक्ष कमल तिमिल्सिना कोरियाको कार्यकाल सकेर नेपाल फर्कनु लाग्नु भएकोले सस्थाको तर्फबाट सस्था प्रर्तिको उच्च मुल्ल्यांंकन गर्दै सम्मान र बधाई गरिएको थियो ।
नव गठित कार्यसमितिहरु
अध्यक्ष – नाम्गेल तामांग
उपाध्यक्ष – अमित लिम्बु
महासचिव – रिम पुन
सचिब – उमेस भट्ट
कोषाध्यक्ष – सुमन खड्का
सह(कोषाध्यक्ष – रोहण शर्मा
सदस्यहरु
किरण थापा
दिपक पाण्डे
दिपेन्द्र कटुवाल
सम्भु गुरुङ
कृष्ण घर्ति मगर
सगर सेन
बिक्रम भटराई
सत्रुधन तिमिल्सिना
पदम धामी
नरेश लुन्गेली मगर
रोनी मगर
सल्लाहकार
शालिक न्यौपाने
शिसीर गेवाली
बैकुण्ठ अर्याल
कमल तिमिल्सिना
धन ब गुरुङ