कन्काई साँगितिक सौगातको आय ब्याय सार्बजनिक , करिब साढे तीन करोड वन वचत
सन्तोष श्रेष्ठ
सउल
झापा मिलन समाज दक्षिण कोरियाले गत कोरियालीहरुको महान चाड छुसक (२०१६ सेक्टेम्बर १५) मा सम्पन्न गरेको सांगीतिक कार्यक्रमको आय – व्याय सार्वजनिक गरेको छ । समाजले सार्वजनिक गरेका आर्थिक विवरण अनुसार खर्च कटाएर साढे ३ करोड वन जती रकम बचत गर्न सफल भएको जनाइएको छ ।
कार्यक्रममा विभिन्न माध्यमबाट प्राप्त जम्मा रकम ६ करोड ३० लाख ५६ हजार ८८८ वन आय रहेको छ भने विभिन्न शिर्षकमा जम्मा रकम २ कारोड ७८ लाख ४८ हजार ३९० वन खर्च भएको सार्वजनिक गरिएको छ । सम्पुर्ण आय रकमबाट खर्च कटाएर बाँकी रहेको जम्मा बचत मौजुदा ३ करोड ५२ लाख ८ हजार ४९८ वन रहेको समाजले जनाएको छ ।
समाजले संचालन गर्दै आएको पाथीभारा सेल्टरलाई थप व्यवस्थीत गर्न सो सांस्कृतीक कार्यक्रम गरिएको थियो । हाल सो सेल्टरलाई छन्से (अग्रिम बचत) मार्फत पुनह व्यवस्थीत गरी गत शनिबारबाट संचालनमा ल्याइएको छ ।
आय व्यायको विस्तृत विवरण निम्न अनुसार रहेको छ ।
आय तर्फ
टिकट विक्री (१५७३ २५,००० वन) = ३,९३,००,००० वन
व्यक्ति र संघसंस्था (५३वटा) = २७,८०,००० वन
आग्रिम सहयोगबाट प्राप्त (१७३ जना) = १,८५,३६,८०८ वन
कार्यक्रम हलमा उठेको सहयोग = १४,४०,००० वन
स्टल कलाकार खाना स्पोन्सर सहयोग = १०,००,००० वन
जम्मा आम्दानी = ६,३०,५६,८८८ वन
खर्च तर्फ
कलाकार पारिश्रमिक = ८३,४५,००० वन
कलाकार टिकट = ५७,१२,००० वन
कलाकार व्यवस्थापन =१२,५०,००० वन
बस रेन्ट वापत = १८,६०,००० वन
हल, साउण्ड सिस्टम = ४०,००,००० वन
छापा खानामा = १४,१५,००० वन
२ वटा संघलाई आर्थिक सहयोग =३,५१,००० वन
जम्मा खर्च = २,७८,४८,३९० वन
उठन बाँकी
अग्रिम कबोल सहयोग महानुभाबहरुबाट = ३९,७५,००० वन
बाँकी टिक ३९० पिस
टिकट अग्रिम भुक्तानी वापत प्राप्त = ८,९०,००० वन