ओएनएफ कोरियाको सउल क्षेत्रिय अधिबेशन सम्पन्न
फोनिज कोरिया संवाददाता
सउल
नेकपा एमालेको भात्री संगठन प्रवासी नेपाली मन्च ( ओ.एन. एफ) दक्षिण कोरिया ले आइतबार सउलमा क्षेत्रीय अधिबेशन सम्पन्न गरेको छ। अधिबेशनले टेकनाथ भन्डारी को अध्यक्षता १५ सदस्यीय नयाँ कर्यसमिती चएन गरेको छ।
त्यस्तै उपाध्यक्षमा विशाल बस्याल र सुरज ठकुरी चयन भएका छन् भने सचिबमा उमेश मगर र सह सचिबमा सागर रेग्मि चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा टीका राम पन्थी रहेका छन् ।
सदस्यहरुमा राजेन्द्र सिग्देल, शिशिर पोखरेल , शिबराज पराजुली, अर्जुन बस्याल फडिन्द्र पोखरेल, उमेश रेग्मी, वसन्त शाही चयन गरिएको छ ।
२५ डिसेम्बर सउल स्थित नेपाल हाउसमा सुलब बन्धु पोखरेलको अध्यक्षता सम्पन्न उक्त अधिवेशन ले चयन गरेका कार्यसमितीलाई प्रवासि नेपाली मन्च दक्षिण कोरियाका कार्यवाहक अध्यक्ष मिना थापा मगरले सपथ खुवाउनुभएको थियो ।
प्रवासि नेपाली मन्चका सल्लाहकार सुरेन्द्र आचार्य , महासचिव शिवलाल पन्थी लगायतको उपस्थिति रहेको अधिवेशनलाई टेकनाथ भन्डारिले संचालन गर्नु भएको थियो । अधिवेशनमा सउल क्षेत्रमा रहेका प्रवासि नेपाली मन्च मा आबद्धहरुको बाक्लो उपस्थिति रहेको थियो ।