कोरियामा लगनशिल कामदारको रुपमा एक नेपाली युवा पुरस्कृत
फोनिज कोरिया संवाददाता
सउल
दक्षिण कोरियामा विगत ८ वर्ष देखि एक आल्मुनियम कम्पनीमा कार्यरत राम कुमार भट्टराईलाई परिश्रमी र लगनशिल कामदारको रुपमा पुरस्कृत गरिएको छ । सन २०१७ सालको पहिलो दिन विहान उनी कार्यरत कम्पनीले भट्टराईलाई पुरस्कार प्रदान गरेको हो ।
कम्पनीमा कार्यरत कोरियन र विदेशी नेपाली , चाईनिज र थाईलेन्ड० गरी करिब ३० जना कामदारहरुमध्ये उनलाई मात्रै पुरस्कृत गरिएको हो । सो कम्पनीमा कार्यरत १० जना नेपाली मध्ये उनी सबैभन्दा पुराना हुन ।
भोजपुर जिल्लाको हेलुन्छा ९ निवासी रामकुमार भट्टराई सो कम्पनीमा सन २००८ मा प्रवेश गरेका थिए । पहिलो कार्यअवधी पुरा गरी कम्पनीबाट पुनह बोलावट गरिएको हो । हाल मोरइ०मा बसोबास गर्दै आएका भट्टराईले कम्पानीबाट नयाँ वर्षको शुरुवतमा प्राप्त बोनस रकम र पुरस्कारले थप उत्साह थपेको बताए । भट्टराई भोजपुर परिवार दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष हुन् ।