दोलखा जिल्लाका अधिकांश शेर्पा समुदायले गुम्बामा पशु बलिबिना भब्य बडा दशैँ मनाउने तयारी गर्दै
दोलखा जिल्लाको उतरी भेग स्थित हिमाली क्षेत्र बिगु,खोपा चागु ,भुलुक्पा स्थित बसोवास गर्ने अधिकांश शेर्पा समुदायले गुम्बामा हिन्दु धर्म अवलम्बीहरुको महान चाड बडा दशैँ फरक शैलीमा भब्य रुपमा मनाउने तयारी गरिरहेका छन् ।
बहु जाती, बहु भाषिक, बहु धार्मिक, संस्कृतिक बिविधतामा एकता रहेकोको नेपालमा विषेश अहिले नजिकिदै गरेको हिन्दु धर्मलम्वीहरुको महान चाड वडा दशैँमा देशै भरि हजारौको संख्यामा देवि देवताको नाममा पशु पन्छी काट मार गरी बलि चडाउने भएकोले ति सबै हत्या गरिएको प्राणीहरुको आत्म चिरशान्तिको कामना तथा प्राणी जगतकै दशा,ग्रह शान्त भई सबै प्राणीलाई शुख,शान्ति, समृदि, दिर्घायु होस् भन्ने मूल उदेश्यले यो मणि पुजा गुम्बामा आयोजना गर्न लागेको गाउँको प्रमुख लामा वान्जु शेर्पाले बताए ।
उक्त मणि पुजा कार्यक्रम सुरु महाअष्टमीको दिन सम्पूर्ण गाउँलेहरु गुम्बामा भेला हुने र महा नवमीमा स्तुपा,गुम्बा घुम्ने र बिजय दशमिमा दशा,ग्रह शान्त गर्ने हेतुले बिभिन्न देवि देवताका स्वरुप प्रदर्शन९छ्याम० लाखे नाच गर्दै वार्षिक दशै पुजा समापन गर्दै भोली पल्ट एकादशीको दिन सबै गाउँलेहरु आ(आफ़्नो घर फर्किने प्रचलन रहेको स्थानीय अग्रजहरुको भनाइ छ ।यो दशैँ मणि पुजा शेर्पा समुदायले परापुर्वकाल देखि नै वार्षिक रुपमा आयोजना गर्दै आइरहेको जानकारी दिए ।
,उक्त दशैँ पुजा कार्यक्रमको अवशर पारेर ब्यापार, ब्यवसाय गर्न,उच्च शिक्षा हाशिल गर्न र विभिन्न रोजगारीको शिल शिलामा गाउँ छोडेर विदेश गएका नेपाल भित्र बिभिन्न शहर मा रहेका सम्पूर्ण मानिस हरु घर फर्कने गर्छन र गुम्बा मा भेला भई एक आपसमा सुख दुख साट साट गर्दै शुभकामना लिने दिने समेत गर्ने गरेका छन ।
नेपालमा दशैँ भन्ने बितिकै दुर्गा माताको पुजा गर्न हजारौको संख्यामा राँगा ,खसी,बोका , कुखुरा पशु(पन्छीहरुको बलि चढाई आफु भन्दा ठुलो बडाको हातबाट शिरमा ढाका टोपी, कानमा जमरा र निधारमा रातो टिका लगाउने आशिर्वाद लिने र जाँड रक्सि मासुको विभिन्न परिकार बनाइ खाने आफन्त ईश्ट मित्र सपरिवारसंग रमाइलो गर्ने भन्ने नेपालीहरुको आम बुझाई छ । दोलखा जिल्लाको बिगु गाउँ पालिका ७ अवस्थित ५०० वर्षा पुरानो गुम्बामा आयोजना हुने उक्त मणि पुजामा सहकारी भोजन गर्दै पुजा सम्पन्न गर्ने गरेको छ ।