एनसीसी अध्यक्षको प्रमुख दाबेदार हु – बलराम पुन
दक्षिण कोरियाको सम्पूर्ण संघ संस्थाहरुको छाता संस्थाकारुपमा मानिएको नेपाल सम्पर्क समिति एनसीसी कोरियाको जुन २८ मा हुने १५ औ आसन्न महाधिबेसन तातिरहेको बेला विभिन्न हल्लीखल्ली र अधिबेसन गरिने समय अनुकुलताबारे बिबादहरु भईरहदा पत्रकार कृष्ण पुरीले आधिकारिक बिषय बस्तु र एनसिसिको पहलकदमीको बारेमा बर्तमान एनसीसीका बरिष्ठ उपाध्यक्ष बलराम पुन संग गरीएको छोटो ताजा कुराकानी:
प्रश्न१. तपाई नेपाली सम्पर्क समिति कोरियाको वर्तमान बरिस्ठ उपाध्यक्ष हुनुहुन्छ र तपाइको उम्मेदवारी हो ? कसरी हो ?
जवाफ :- हो| मैले उम्मेदवार दिने कुरा बाहिर जति चर्चा छ त्यो साचो हो| पहिला म आफैलाई सर्ब सम्मत को पहल मा छु|
प्रश्न२. अनि फेरी सस्थामा बस्दा बस्दा वाक्क लाग्दैन ? तपाई कोरियामा कुन कुन सस्थामा काम गर्नु भयो ?
जवाफ – मलाई वाक्क भन्दा रमाइलो लाग्छ र त फेरी अध्यक्षमा जान लागेको| र मैले कोरियामा पहिला मगर संघको सहसचिव हुदै ,सल्लाहाकार,राप्ती सम्पर्क मंचको सहसचिब हुदै सल्लाहकार र एनसीसी उपाध्यक्ष हुदै बरिस्ठ उपाध्यक्षको हैसियतमा अहिले काम गरि रहेको छु| अझैँ अब आउने १५औ एनसीसी अध्यक्षको लागि पनि तयार भएको छु|
प्रश्न३:- अनि तपाईले एनसीसीलाई सहमतिमा लिन सक्नु हुन्न ?
जवाफ :- म आफै नै एनसीसी अध्यक्षको प्रमुख उम्मेदवार हु मैले मात्र सहमति गर्ने होइन |सहमति हामी सबैमा हुने हो|त्येसको लागि कोसिष गरि रहेकै छु|नभए प्रक्रियामा जानु पर्छ|
प्रश्न ४ :- त्यसो भए सहमति हुन्न भन्न खोज्नु भएको हो ?
जवाफ :- त्यसो पनि भन्न खोजेको होइन|सहमति त म वर्तमान बरिस्ठ उपाध्यक्ष भएकोले अबको अध्यक्ष म हुने होइन र ? म सम्भाब्य प्रमुख उम्मेदवार हुदा हुदै अरु पनि आउनुभयो
एनसीसीलाई माया गर्ने मान्छे पनि हुनुहुदोरहेछ अझैँ धेरै उत्साह बढेको छ जहाँ आजसम्म एनसीसीलाई यति धेरै माया गर्नु हुदो रहेछ|
प्रश्न ५:- सहमति भएन भने तपाइलाई भोट हालेर जिताउछन त ?
जवाफ :- अबस्य जिताउनु हुन्छ|म यसमा आशावादी छु| तर चुनाब गर्नु हुन्न र गराउनु पनि हुन्न सहमतिमै पहिलो जोड हो मेरो|
प्रश्न ६:- कसरी सहमति गरेर जिताउछन् त अरु प्रत्यासी हरुले ?
जवाफ :- एनसीसीमा मेरो योगदान के कति छ भन्ने कुरा आम कोरिया बासीलाई थाहा छ| एनसीसीलाई सहि नेतृत्व मेरै काधमा भएकोले मलाई विश्वास छ सबैले मलाई सर्ब- सम्मत गर्नुहुन्छ|
प्रश्न.७:- .एनसीसीमा राजनीति भयो भन्छन नि? यसलाई के भन्नु हुन्छ तपाई ?
जवाफ :- कोरियाको सम्पूर्ण सस्थाको गरिमा बोकेको सस्थामा राजनीति हुनुहुदैन भन्ने मान्छे म तर जति राजनीति घुस्नु दिनुहुन्न भन्दाभन्दै कुनै कुनै मान्छे हरु प्यानल नै बनाएर आउनु
खोज्नु दुख लाग्छ| अबको एनसीसीमा राजनीतिक घुस्ने छैन|र अहिले पनि भएको छैन र भोलि पनि हुने दिने छैन| यस्तो राजनिती घुसाइनु नै गलत सस्कृति हो|
प्रश्न ८ :- तपाई अहिलेको बरिस्ठ उपाध्यक्ष रहदा जति कति काम गरेर देखाउनुभएको छ नि ,त्यो अध्यक्ष भएपछि नेपालीको हितमा धेरै राम्रो काम गरेर देखाऊनुहुन्छ त ?
उत्तर :- म यसो गर्छु ,म उसो गर्छु भनेर नाजायज कुरा कहिलै गर्दिन| र गरेको पनि छैन| म काम गर्दै जाने हो त्यो काम को फल नै मेरो अग्निपरीक्षा हो| रह्यो अध्यक्ष भएपछि को कुरा त्यो त त्यतिबेला थाहा भैहाल्छ नि|एनसीसीमा जानुको जुन लक्ष्य उदेश्य छ त्यो नै मेरो अग्निपरीक्षा हो| मेरो लक्ष्यअनुसार खासगरी यहा रहेका नेपालीहरुको हितमा केन्द्रित योजनाहरु धेरै छन , म एक सामान्य व्यक्ति सधै ईमान्दार अडिग भएर मजदुरको हित , समस्या र कोरियामा नेपालीहरुले भोगीरहेका पिडाहरुमा बिशेषगरी प्रमुख पहल कदमहरु चाल्नेछु l
प्रश्न ९:- त्यसो भए एनसीसीको अध्यक्ष नै किन र कसरी ?
जवाफ :- म कोरिया प्रबेस गरेको ४ वर्ष भयो|म कोरिया आए देखि सामाजिक संघ सस्थामा निरन्तर लागि रहेको छु| म सग धेरै अनुभब पनि छ, एनसीसीमा ठुलै योगदान पनि दिएको छु, नेपाल र नेपाली को सदभाब को लागि निरन्तर लागि रहेकै छु,केहि महिना अघि एनसीसीलाई एनआरएन सग मर्ज गर्नु पर्छ भन्दा त्यसको खरो प्रतिबाद गरेको छु |
अबको एनसीसीले मलाई सहि नेतृत्व खोजेको र यसलाई बचाउने मेरै काधमा भएकोले साथै बरिस्ठ वर्तमान उपाध्यक्ष भएको नाताले मेरै मुख्य दाबेदार हो भन्नेमा मैले महसुस गरेको छु l
प्रश्न १० :- एनसीसी अध्यक्ष भए पछिको योजनाहरु के के छन् ?
जवाफ :- धेरै छन् म एनसीसीको प्रमुख नेतृत्वमा गएपछि गर्नु पर्ने काम हरु|कति गर्छु कति गर्दैन त्यो भबिस्य ले जनाउने हो| काम ईमान्दार भएर गर्ने हो|
म गर्ने सक्ने जति गर्ने छु| जस्तो…. मर्नै लागेको एनसीसी लाई यो भन्दा माथि पुर्याउने छु|एनसीसी परिषद गठन गर्ने छु, सबै सस्थाहरुसग समन्वय गरी यथासिघ्र एनसीसीमा सुचिकृत गर्ने छु|
केहि योजनाहरु सहित तुरुन्त अन्तरक्रिया गर्नेछु| एनसीसीलाई राजीतिकीकरण हुन दिने छैन| आपतकालीन राहत कोष निर्माण गर्ने छु|
कार्यक्रम बाडफाडमा आएको बिकृति अन्त्य गर्ने कोसिस गर्ने छु |सस्थामा ब्यक्ति बादीको अन्त्य गर्ने छु| आदि इत्यादी योजना पनि छन् गरेपछि हेर्दै सोध्नुहोला नी बाकी|
प्रश्न ११:- कोरियामा एनसीसीको यति राम्रो काम, नाम र भूमिका सुनेका नेपालीहरु धेरै छन् नि…………. , फेरी पनि यतिका काम , योजनाहरु कार्यन्वयन गर्न गाह्रो छैन? फेरी खुट्टा तान्ने प्रवृति पनि छ नी?
जवाफ :- तपाईले घुमाएर सोध्नुभएको कुरामा म पनि सहमत छु र आत्मसात पनि गर्दछु, जुन कुरा छ एनसीसीको काम ,नाम र भूमिकाबारे सुन्ने नेपालीहरु कमै छन् ,
एनसीसीको सक्रियता र प्रभावकारीतामा लाग्दै आएको आरोपहरुलाई स्वीकार्दै आगामी चरणमा सबलरुपमा सबैसग समन्वय गरी अगाडी बढ्नेछु अनि अर्को कुरा खुटा तान्ने त नेपाली समाजमा लागेको रोग हो|तर म अडिग छु अरुले के तान्यो के तानेनन त्यसको पछी अझसम्म लागिन र अबपनि लाग्दिन l
प्रश्न १२ :- खुट्टा तान्ने नेपाली समाजको रोग हो भने तपाइलाई हराउन ठुलै गुट उपगुट पनि लागिरहेका छन् कि ?
जवाफ :- त्यति थाहा भएन तर हल्ला धेरै सुनेको छु खै के गरेको हो कुन्नि | मलाई हराउन यति ठुलो चलखेल गर्नुपर्ने सुन्दा अचम्म लागेको छ| त्यति ठुलो दुख गर्नु पर्दैन म एउटा सामान्य व्यक्तिको लागि सिंगो गुट नै मिल्नु पर्दैन होला नि |अर्को तर्फ खुसि लागेको छ मलाई त्यत्रो महाभारत|म त एउटा सच्चा ईमान्दार सामाजिक मान्छे| सबैले मलाई चिन्नु नै भएको छ उहाहरुले ठिक छ भने अध्यक्ष हुंला, ठिक छैन भने नहोला
..जनता जनार्दन छन्| र बाकि रह्यो कुरा काम गर्नेलाई पदमात्रै ठुलो कुरा होइन जहाँ जसरी पनि गर्न सकिन्छ l
प्रश्न १३ :- हस त्यसो भए सच्चा ईमान्दार सामाजिक मान्छे हो भने सबैले जिताउलान नि त शुभकामना छ जितेर काम गरेर देखाउनुहोस ….,अन्त्यमा केही भन्न चाहनु हुन्छ की ….?
जवाफ :- हजुर , सच्चा इमान्दार सामाजिक मान्छे भएकोले मलाई सबैले जिताउनु हुन्छ भन्नेमा पूर्णरुपमा आश लिएको छु| त्यति मात्र नभएर राम्रो टीमको खाचो भएकोले कुनै गुट उपगुट वाट नआएर सामाजिक कार्यकर्ताको रुपमा आइदिनु होला| एनसीसी बचाउने अब हाम्रो काधमा भएकोले कोहि कसैको बुई चढेर नआउनु होला| नेपाल र नेपालीको भाबना बोकेर आउनु होला| जति भन्न सजिलो छ त्यति काम गर्न गाह्रो छ| अन्त्यमा कोरियामा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई बलाराम पुन ठिक लाग्छ भने सर्बसम्मत बनाएर जानुहुन्छ भन्नेमा पूर्ण आसाबादी छु|