फिफा U-20 विश्व कपमा दक्षिण कोरियाले दोस्रो स्थानमै चित्त बुझायो
फिफा(FIFA) अन्डर-२०(U-20 ) विश्व कपको फाइनलमा युक्रेन सँग पराजित हुँदै दक्षिण कोरियाले दोस्रो स्थानमा चित्त बुझाएको छ । कोरियन समय अनुसार आइतबार बिहान १ बजे पोल्याण्डको लोज स्टेडियममा भएको खेलमा कोरिया ३-१ ले पराजित भएको हो ।
खेलको ५ औं मिनेटमा कोरियाका लागि ली खाङ्ले पेनाल्टीलाई गोलमा गोलमा परिणत गरेपछि सुरुवाती अग्रता लिएका थिए । तर युक्रेनले उत्कृष्ट ३ गोल फर्काएपछि कोरियाली खेलाडीले उपविजेताको रुपमा चित्त बुझाउनु पर्यो ।
युक्रेनका लागि व्लास्स्लाव सुप्रियाहाले दुई गोल गरे भने हौशी सीताटिविलीले अन्तिम एक गोल गरेका थिए ।
मे २५ मा भएको पहिलो खेलमा पोर्जुकल सँग १-० ले हारेको कोरियाले त्यसपछिको ५ खेलमा लगातार जीत हासिल गर्दै फाइनलको यात्रा तय गरेका थिए ।
यसरी दक्षिण कोरिया फिफाको ऐतिहासिक जीतमा दोस्रोपल्ट चुकेको छ । यस अघि २०१० मा U-17 महिला विश्व कपमा पनि फाइनल सम्मको यात्रा गरेका थिए ।