कोरियामा दोश्रो नेपाल भलिबल कप आयोजना हुंदै।
सौल, कोरियामा नेपाली भलिबल खेलको बिकास र बिस्तारको लागि सन् २०१७ मा गठित नेपाल कोरिया भलिबल संघको आयोजनामा यहि आउंदो कोरियन गर्मी विदाको अवसर पारेर जुलाई २८ तारिख दोश्रो नेपाल भलिबल कप आयोजना हुने भएको छ।
आज सौलमा सम्पन्न संघको बिशेष बैठकद्वारा यो सिजनको चौथो प्रतियोगिता “दोश्रो नेपाल भलिबल कप”आयोजना गर्ने निर्णय पारित गरिएको हो।”हाम्रो प्रतिबद्दता,स्वास्थ्य र राष्ट्रको लागि खेलकुद प्रतियोगिता” भन्ने मुल नारासहित कोरियाबासी भलिबल खेलाडीहरुको लागि “भलिबल खेलाडी आपतकालीन राहत कोष” स्थपना सहयोगार्थ “ गर्न लागिएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्रथम पुरस्कार १५ लाख वोन,द्वितीय पुरस्कार ११ लाख वोन र सान्त्वना पुरस्कार ३लाख ५०हजार वोनका दरले दुई टिमलाई राख्ने निर्णय भएको छ। सौल सङ्बुक कुमिन छेयुग्वानमा हुन लागिरहेको प्रतियोगितालाई सफल पार्नको लागि विभिन्न व्यवस्थापकीय उपसमितिहरु गठन गरि तयारी अगाडि सारिएको छ। साथै कार्यक्रममा सहभागी ईच्छुक विभिन्न संघसंस्था र भलिबल टिमहरुलाई यहि आउंदो जुलाई २१ तारिख टिम दर्ता गरि सहयोग गरिदिनुहुनको लागि संघका संयोजक भजिन्द्र क्षेत्रीले अनुरोध गर्नुभएको छ।
नेपालीहरुद्वारा कोरियामा आयोजित खेलकुद प्रतियोगितामध्ये भलिबल खेलप्रेमीहरुको लागि बिशेष प्रतियोगिता भएकोले उक्त दिनमा कुनै पनि कार्यक्रम नजुधाई सहयोग गरिदिनुहुनका लागि र उपस्थितिको लागि सम्पूर्ण कोरियाबासी भलिबल खेलप्रेमीहरु,कोरियामा क्रियाशील विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधि ज्यूहरु,खेलाडी,पत्रकार,विद्यार्थी ,शुभचिन्तक लगायत सम्पूर्णमा विनम्र अनुरोध गरेको छ।