बाग्लुङ पञ्चकाेट भलिबल कप आयाेजकले नै जित्याे
बाग्लुङ समाज काेरियाले यहि सेप्टेम्बर १५ तारिख आयोजनामा गरेकाे “पञ्चकाेट भलिबल कप ” प्रतियाेगिताकाे उपाधि आयाेजक बाग्लुङ समाज राताे टिमले नै जित्न सफल भएकाेछ।
बाग्लुङ समाजले साताैं श्रृंखलाकाे रूपमा आयाेजना गरेकाे “पञ्चकाेट भलिबल कप ” प्रतियाेगितामा १४ टिमकाे सहभागिता रहेकाे थियाे।
ए पाेल बाट काली गण्डकी ब्वाइजले बाग्लुङ सेताेलाइ सेमिफाइनलमा पराजित गर्दै फाइनलमा प्रबेश गरेकाे थियाे भने बि पाेल बाट आन्सान ए लाइ बाग्लुङ राताेले सेमिफाइनलमा पराजित गर्दै फाइनलमा प्रबेश गरेकाे थियाे। फाइनलमा बाग्लुङ राताेले काली गणडकी ब्वाइज लाइ २।१ काे सेटमा पराजित गर्दै प्रतियाेगिताकाे उपाधि चुमेकाे हाे।
उपाधि संगै बाग्लुङ राताेले कप, मेडल, प्रमाण पत्र र नगद १३ लाख वन पुरस्कार प्राप्त गर्याे भने उप बिजयीता काली गण्डकी ब्वाइजले कप,मेडल,प्रमाण पत्र र नगद १० लाख वन सहितकाे दाेश्राे पुरस्कार प्राप्त गर्याे। सेमीफाइनलमा पराजित हुने २ टिम बाग्लुङ सेताे र आन्सान ए ले ३ लाख ५० हजार वनका दरले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।
खेलाडीहरूकाे अन्य प्रतिभालाइ समेत प्राेत्सान गर्नकालागि बिभिन्न बिधाका उत्कृष्ट खेलाडीहरूलाइ समेत पुरस्कार प्रदान गरिएकाे थियाे। जसमा बेष्ट लिफ्टरकाे उपाधि आन्सान ए का शंकर गुरूङले प्राप्त गरे, त्यसै गरि बेष्ट स्पाइकरमा झपिन्द्र केसि बाग्लुङ, बेष्ट ब्लकरमा काली गण्डकि ब्वाइजका इलक दर्लामी मगर, बेष्ट डिफेन्समा काली गण्डकीका मिलन रानाले उपाधि जिते भने आभरअल बेष्ट प्लेयरमा बाग्लुङका बिनेश बाबुले प्राप्त गरेका थिए।
भलिबल प्रतियाेगिताकाे संचालन राष्ट्रिय रेफ्रिहरू लाेकेन्द्र भट्टचन, डिलु बिर्कट्टा, श्रवण श्रेष्ठ लगायतका रेफ्रिहरूले संचालन गरेका थिए। प्रतियाेगिता बाग्लुङ समाज काेरियाका अध्यक्ष राम प्रशाद शर्माकाे अध्यक्षता तथा नेपाल काेरिया भलिबल संघ काेरियाका अध्यक्ष भजिन्द्र क्षेत्रिकाे प्रमुख आतिथ्यता लगायत अन्य संघ संस्थाका प्रमुखहरूकाे आतिथ्यतामा सम्पन्न भएकाे थियाे।