प्रथम थेगु एनपिएस कपको उपाधी केवाइसी एफसिलाई
एनपिएस एफसी र नेपाल परोपकारी समाज थेगुको संयुक्त आयोजनामा नोभेम्बर ३ तारिख प्रथम थेगु एनपिएस कप फूटबल प्रतियोगिता सम्पन्न भएको छ। थेगुमा पहिलोपटक भएको प्रतियोगितामा किरात याक्थुङ चुम्लुङ (केवाईसी) एफसि च्याम्पियन भएको छ। निक्कै नै रोमाञ्चक खेलमा केवाइसीले मोक्पो एफसीलाई २-० को हार चखाएर उपाधीमाथी कब्जा गरेको थियो। जीतसँगै केवाईसी एफसिले पहिलोपटक उपाधी जित्दै इतिहास कोर्न सफल भएको छ भने मोक्पो एफसीले उपविजेतामा चित्त बुझाउनु परेको छ।
विजेता टिमले नगद तीस लाख वन पुरस्कार र ट्र्फी प्रात गरे भने उपविजेताले नगद पन्ध्र लाख वन र ट्रफी प्राप्त गरे। उक्त टुर्नामेन्टमा केवाईसीका खेलाडी जयन जबेगु उत्कृष्ट खेलाडी भएभने उत्कृष्ट गोलकिपरमा केवाईसी कै छिरिङ लामा चुनिए। यसैगरी उच्च गोलकर्ताको ट्रफी ६ गोल सहित मोक्पो एफसीका लाक्पा शेर्पाले सुरक्षीत गरे।
पहिलो हाफको ११ औँ मिनेटमा केवाईसिका क्याप्टेन अनुमेश श्रेष्ठ घाइते भएका थिए र मैदान छोड्नुपरेको थियो। श्रेष्ठको ठाउँमा रेशम शाही मैदान प्रवेस गरेका थिए। पहिलो हाफमा मोक्पोले केही राम्रा अवसरहरु बनाएपनी गोल गर्न सकेन र पहिलो हाफ गोल रहित बराबरी रहेको थियो।
दोश्रो हाफमा केही आक्रमक रुपले उत्रिएको केवाईसिले ५ औँ मिनेटमा नै गोल गर्न सफल भयो। उक्त गोल केवाईसीका स्ट्राइकर दिनेश मेवाहाङ “जेट्लीले” डिबक्स बाहिरबाट प्रहार गरेका थिए र खेलमा उपाधिको बाटो खोलेका थिए। दोश्रो हाफमा दुवै टिमबाट केही अवसर भएका थिए। खेलको ३९ औँ मिनेटमा केवाईसिका खेलाडी जयन जबेगुले शुन्दर ढङ्गबाट जाली चुमाएर २-० को जीत सुनिश्चित गरे।
पुरस्कार वितरण समारोहमा प्रमुख अतिथी नेपाल फ़ुटबल महासंघका अध्यक्ष कृष्ण गुरूङ यसैगरी अतिथिहरुमा फूटबल महासंघका उपाध्यक्ष फिलिप गुरूङ,थेगु नेपाली मन्चका अध्यक्ष नगेन्द्र मगर,प्रो.डा. रोसन सर्मा,तमुधिका अध्यक्ष हर्क गुरूङ,मगर संघका अध्यक्ष कुमार गर्बुजा,शेर्पा संघका बरिष्ट उपाध्यक्ष लगायतको उपस्थिती रहेको थियो