तामाङ घेदुङ जेजुको अधिवेशन सम्पन्न : अध्यक्षमा सुनिता ब्लोन
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजुदो शाखाको दोश्रो अधिवेशन सम्पन्न भएको छ । शनिवार भएको अधिवेशनबाट अध्यक्षमा सुनिता ब्लोन चुनिएकी छिन् ।
कार्यसमितिको बरिष्ठ उपाध्यक्ष विमल तामाङ, उपाध्यक्षहरु लाल तामाङ, प्रतीज्ञा लामा रहेका छन् । त्यस्तै महासचिव. खगेन्द्र तामाङ, सचिव ऋचा तामाङ, सुरेश लामा कोषाध्यक्ष प्रतिक तामाङ, सहकोषाध्यक्ष विन्दर तामाङ चुनिएका छन् । त्यस्तै सदस्यहरुमा साबित तामाङ, युन्नी तामाङ, शान्ति तामाङ, गोविन्द तामाङ, विवेक तामाङ, निमा तामाङ, कविता तामाङ, सन तामाङ, पासाङ तामाङ, कविन्द्र तामाङ, पदम उमर तामाङ, गंगा तामाङ र अमृता तामाङ रहेका छन् ।
कार्यक्रमलाई जेजुमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिले शुभकामना शन्देश दिएका थिए भने केन्द्रीय घेदुङका महासचिव शुभराज भोम्जन र बरिष्ठ उपाध्यक्ष राजकुमार स्याङतानले पनि शुभकामना दिएका थिए ।