नेपाल मगर संघको अधिवेशन सम्पन्न : अध्यक्षमा तुल घर्तिमगर
नेपाल मगर संघ दक्षिण कोरियाको ११ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट तुल घर्तिमगरको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ ।
शनिबार बेलुकी भएको अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा तारा पुन मगर, उपाध्यक्ष धनबहादुर मगर, अन्जन थापामगर, प्रेम पुन मगर, शाखा क्षेत्रबाट छवि राना मगर चुनिएका छन् । महासचिवमा केशर रानामगर, सचिवहरुमा पीएम मगर, सोम बुढामगर, विष्णु पुन मगर रहेका छन् । कोषाध्यक्ष दिल बलामीमगर रहेका छन् । सदस्यहरुमा केवी सारुमगर, संगम रानामगर, मनिषा खोजीमगर, मनिषा थापामगर, अमृत आलेमगर, सुमन्त मगर, अनिल थापामगर, होमबहादुर थापामगर र विरेन्द्र राहुन मगर रहेका छन् ।
आइतबार ढिला सम्पन्न भएको अधिवेशनमा कोरियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना ब्यक्त गरेका थिए । गैर आवासीय नेपाली संघका अध्यक्ष दीपक पुन, नेपाल तामाङ घेदुङका वरिष्ठ उपाध्यक्ष राजकुमार स्याङतान, शेर्पा संघ दक्षिण कोरियाका अध्यक्ष थुतुङ गेल्जी शेर्पा, किराँत राई यायोक्खाका अध्यक्ष दीर्ज लिम्बू, तमू धिं दक्षिण कोरियाका अध्यक्ष लेशन गुरुङ लगाएतका अतिथीले शुभकामना ब्यक्त गरेका थिए ।