आसान नेपाली समाजको चौथो अधिवेशन सम्पन्न : अध्यक्षमा दिप गुरुङ
एक अर्कालाई सहयोग गरौ, नेपाली हुनुमा गर्ब गराैं भन्ने मूल नाराको साथमा छनान आसान नेपाली समाजको चौथो अधिबेसन सम्पन्न भएको छ । आइतबार भएको अधिवेशनबाट दिप गुरुङको नेतृत्वमा ९ जनाको कार्यसमिति चयन भएको छ ।
कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष सन्तोष कार्की, उपाध्यक्ष सर्मिला योल्मो, सचिब चक्र महतरा, सहसचिब भिम बहादुर खत्री, कोषाध्यक्ष दिक्षा गुरुङ, सदस्य प्रकाश जिरेल, रन्जु लामा, मनिता मगर र मिलन एवई राई निर्बिरोध चयन भएका छन् । कार्यसमितिले संरक्षक तथा सल्लाहकार छनान माइग्रेन्ट सेन्टर गीता राई तथा आसान माइग्रेन्ट सेन्टरकी उमा गुरुङ रहेका छिन् ।
कार्यक्रममा समाजको संस्थापक अध्यक्ष सन्जिब घले, निवर्तमान अध्यक्ष तिलक बुढा मगर, धनकुटा समाज समितिका अध्यक्ष परदेश राईले नयाँ कार्यसमितिलाई सफल कार्यसफलताको सुभकामना दिएका थिए ।