एनसीसीको १८ औं अधिवेशन सम्पन्न अध्यक्षमा हरि खनाल
कोरियाको पुरानो संस्था नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको १८ औं अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनबाट हरि खनाल अध्यक्षमा चुनिएका छन् ।
कार्यसमितिका अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष आरती हेल्मो, उपाध्यक्ष हेम पाठक, हर्क बिष्ट र मनोज कुमार सुबेदी रहेका छन् ।
त्यस्तै महासचिव दीपक थापा मगर, सचिव आवि (दीपक)थापा, कोषाध्यक्ष हरि थापा रहेका छन् । त्यस्तै सदस्य सिर्जना लिम्वु र दिलु गुरुङ रहेका छन् । कोरियाको पुरानो मध्येको एक मानिने एनसीसी कुनै समय कोरियामा रहेका नेपालीको दुःख सुखमा साथ दिने संस्थाको रुपमा रहेको थियो । कोरियामा नेपाली राजदुतावास नहुँदा एनसीसीले नै यहाँ रहेको नेपालीलाई सहयोग गर्ने गरेको जानकारहरु बताउँछन् ।
अधिवेशनमा कोरियामा रहेका विभिन्न संघसंस्थाका पदाधिकारीहरुले शुभकामना मनतब्य दिएका थिए । कार्यक्रममा नेपाली राजदुतावास दक्षिण कोरियाका कार्यवाहक राजदुत पुष्पराज भट्टराईले प्रमुख अतिथी रहेका थिए भने नेपाली सम्पर्क समितिका निवर्तमान अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पनि आफ्नो भनाई राखेका थिए ।