सगरमाथा समाजको छैंठौ अधिवेशन सम्पन्न, अध्यक्षमा लक्ष्मण राणा मगर सर्वसम्मत निर्वाचित
सगरमाथा समाजको छैंठौ अधिवेशन सम्पन्न भएको छ । आईतवार ख्याङ्नाममा भएको उक्त अधिवेशन बाट अध्यक्षमा लक्ष्मण राणा मगर सर्वसम्मत निर्वाचित भएको हो ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति केन्द्रका वरिष्ठ उपाध्यक्ष सन्जिव राई तथा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रका वरिष्ठ उपाध्यक्ष राम बहादुर तामाङ लगायत विभिन्न क्षेत्रीय तथा जातीय संघ संस्थाहरुको अतिथिमा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रम समाजका अध्यक्ष देव सागरको सभापतित्वमा भएको थियो भने कार्यक्रम संचालक समाजका महासचिव दिपक रिमाल गरेको हो ।
साथै उक्त अधिवेशनबाट सर्वसम्मत निर्वाचित भएका अध्यक्ष लक्ष्मण राणाले आगामी दिनमा यो समाजलाई अझ कोरियामा तथा यस ख्याङ्नाम क्षेत्रमा रहेका सम्पुर्ण संघ संस्था सँग हातेमालो गर्दै विभिन्न कारणले मानसिक रोगहरुको समस्याबाट ग्रसित नेपालीहरुलाई दिर्घीकालीन रुपमा समधानको उपायहरु खोजी गरि अझ थप विभिन्न प्रशिक्षणत्मक कार्यक्रमहरु गर्ने प्रतिबद्धता जनाए ।
नयाँ कार्यसमितिको पहिलो बैठकले सल्लाहकार, अन्य सदस्यहरु लगायत संयोजकहरु नियुक्ति गर्नेछ र काम बाँडफाँड गर्ने जानकारी गराए ।
दक्षिण कोरियाको ख्याङ्नाम प्रान्तको दक्षिण भेगमा अवस्थित नेपाल र नेपालीहरुको बिच भाईचाराको सम्बन्ध स्थापित गर्ने उद्देश्यले सगरमाथा समाजको स्थापना भएको थियो ।
नवनिर्वाचित कार्यसमिति
अध्यक्ष लक्ष्मण राना मगर
उपाध्यक्ष शेखर बोहोरा
बिकाश गिरी
हेमन्त जर्घा मगर
महासचिव अर्जुन भण्डारी
सचिव सन्तोष भट्टराई
कोषाध्यक्ष सुरेन्द्र कार्की
सह कोषाध्यक्ष मतिलाल मगर
सदस्य रोहित लामा
सदस्य आशिष मगर