विद्यालय पुननिर्माणको लागी आर्थिक सहयोग हस्तान्तरण
दक्षिण कोरिया , सोलु सम्पर्क समीतीद्रारा कोरियामा रहेका नेपाली दाजुभाई दिदिबहिनिहरुबाट भुकम्प राहत सहयोग संकलन गरी सोलुखुम्बुका विभिन्न विद्यालयहरुलाइ हस्तान्तरण गरिएको छ । सोलुखुम्बु जिल्लाको विकत र भुकम्पद्रारा पूर्णरूपमा क्षती भएका विद्यालयहरु देउसा गाविस ३ स्थित दुधकोशी निमाविलाई एकलाख १७ हजार ५सय ३३ रुपैयाँ, पावै गाविस ४स्थित मदन आश्ररीत प्राविलाई एकलाख १७ हजार ३३ रुपैयाँ र वाकु गाविस ५ मा अवस्थित सगरमाथा माविलाई एकलाख १८ हजार ५ सय ३३ रुपैयाँ सहयोग गरिएको छ ।
उक्त रकम शिक्षक, विद्यार्थी र अभिभावकबिच विशेष कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको हो । कार्यक्रममा सोलु बहुमुखी क्याम्पस प्रध्यापक गंगाराज राई, शिक्षक प्रेमकुमार राई र अवकाश प्राप्त शिक्षक टम्बर राईद्रारा माथि उल्लेखित विद्यालयहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरियको थियो ।