नेपाल मगर संघ कोरियाको छुसकमा कार्यक्रम गर्ने संस्थाहरुलाई अग्रिम बधाई तथा शुभकामना
सोल – आगामी छुसकमा नेपाल सम्पर्क समितीबाट बिबिध सांस्कृतिक कार्यक्रम गर्नको लागि अनुमती प्राप्त गरि कार्यक्रम गर्न लागेका संस्थाहरु क्रमश: म्याग्दी समाज कोरिया , गोरखा परिवार कोरिया, तमु धिं कोरियालाई नेपाल मगर संघ दक्षिण कोरियाले कार्यक्रम सफलताको अग्रिम बधाई तथा शुभकामना पनि ब्यक्त गरेको छ l
दक्षिण कोरियामा रहेको सम्पूर्ण संस्थाहरुसंग निरन्तर हातेमालो गर्दै आएको नेपाल मगर संघ दक्षिण कोरियाले नेपाल सम्पर्क समितीमा सम्बंधन प्राप्त गरेको सम्पूर्ण संघ संस्थाहरुको सामाजिक तथा सास्कृतिक कार्यक्रममा एक्यबद्धता जनाउदै संघको तर्फबाट सक्दो सहयोग गर्ने बताएको छ |
गत बर्ष नेपाल मगर संघ कोरियाले छुसकमा आयोजना गरेको नेपथ्य लाइभ कन्सर्ट विथ डान्स लिटल क्विन तेरिया कार्यक्रममा पनि कोरियामा रहेको विभिन्न संघ संस्थाहरुले गर्नु भएको सहयोग सद्भाब, अबिस्मरणीय र सह्रानीय भएको संस्थाले स्मरण गर्दै आउदो छुसकमा हुने सबै भब्य सभ्य अनि अत्यन्त सफल पारिदिनु हुन सम्पूर्ण पेशाकर्मी, ब्यबसायी, समाजसेवी, मजदुर , बिद्यार्थी , पत्रकार लगायत कोरियामा रहनु हुने सम्पूर्ण नेपाली समुदायले सबै कार्यक्रम सफल पारि दिन हुनको निम्ति संस्थाले हार्दिक अनुरोध गरेको छ |