दुई कोरियाको पारिवारिक मिलन अक्टोबरमा
सोल-दक्षिण कोरियाली संचार माध्यमहरुले दुई कोरियाबीच पारिवारिक पुनर्मिलन समारोह अक्टोबरमा हुने जनाएका छन् | सन् १९५० -५३ मा भएको गृह युद्धका बेला छुट्टिएका २ सय परिवारलाई भेटबार्ता गराउने सहमति दुई देशबीच लामो छलफलपछि समझदारी भएको हो |
संचारमाध्यमले आउदो अक्टोबर २०-२६ सम्म पुनर्मिलन समारोह कुमगाङ पहाड नजिकै रहेको रिसोर्टमा हुन सक्ने जनाएका छन् | युद्धका बेला करिब ६६ हजार दक्षिण कोरियाली छुट्टिएका थिए
ती परिवारको पुनर्मिलन गराउने बारे दुवै देशका रेडक्रस पदाधिकारीको पहलमा वार्ता सोमबारदेखि बार्ता शुरु भएको थियो ।
सन् १९५३ मा दुई देश विभाजन भएपछि परिवारका सदस्य राजनीतिक सीमाको बन्धनमा परेका थिए। सीमास्थित पानमुनजोम सहरमा समय–समयमा पारिवारिक पुनर्मिलन समारोह आयोजना हुने गरेको छ। २ साताअघि दुवै देशबीच त्यसका लागि वार्ता थाल्ने सहमति भएको थियो।