इन्छन एयरपोर्टको पार्किङ शुल्क दुई गुणा बढ्ने
सोल-दक्षिण कोरियाको इन्छन एयरपोर्टमा पार्किङ रेट दुई गुणाले बृद्धी हुने भएको छ ।
यहाँको भु-तथा संरक्षण मन्त्रालयले यहाँको भौतिक संरचनाहरु, ट्रान्स्पोर्टेसन साथै अन्य सेवा सुबिधालाई मध्य नजर गरेर छोटो अवधीको दैनिक पार्किङ दर १२ हजार वन देखी २४ हजार वन कायम हुनेगरी बढाउने पूर्ण तयारी गरेको हो ।
पार्किङको रेट , अफ सिजनमा १५ मिनेट बराबर ६ सय वन र सिजनमा ७०० वनको दरले लागु हुने छ । त्यस्तै लामो अवधीको लागी पार्किङ शुल्क सिजनमा ८ देखि १० हजार वन र अफ सिजनमा ९ देखि – १२ हजार वन को दरले अक्टोबर १ तारिक देखी लागु हुने कोरिया टाइम्सले जनाएको छ ।