दक्षिण कोरिया र जापान बीच यौन दासीको बारेमा बार्ता हुने
सोल – दक्षिण कोरिया र जापान बीच दोस्रो विश्व युद्धको समयमा यौन दासी बनाईएका कोरियाली महिलाहरुको बारेमा बार्ता हुने भएको छ | उक्त बार्ता यहि हप्ता हुने कोरियाली विदेश मन्त्रालय बिहिबार जनाएको छ |
“आराम महिला” मुद्दा दुई देश बीचको इतिहासमा विवादको एक प्रमुख कारक हुदै आएको छ । जापानले सन् १९१० देखि ४५ सम्म कोरियालाई क्रूर उपनिवेश बनाएको थियो |
शुक्रवार टोक्योमा आयोजना हुने दुई देशका महानिर्देशक स्तरिय बार्तामा पिडितको लागि माफि र क्षतिपूर्तिको कुरा उठाईने संभावना रहेको बताईन्छ | यो मामिलामा औपचारिक वार्ता भएको ९ औ पटक हो |
दक्षिण कोरियाको प्रतिनिधित्व पूर्वोत्तर एशियाली मामिला ब्यूरोका महानिर्देशक ली साङ देओकले गर्ने छन् भने जापानको तर्फबाट एसियन र महासागरीय मामिला ब्युरोका महानिर्देशक जुनिची ईहाराले गर्ने छन् |
२००,००० भन्दा बढी कोरियाली महिलाहरुलाई जापानी सैनिकले यौन दासीको रुपमा काम गर्न बाध्य बनाएका थिए |