कोरियामा पनि संविधानको दिपावली
सोल-नेपालको संबिधान २०७२ घोषणा भएको दिन कोरियामा पनि दिपावली मनाइने भएको छ | प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र एनेकपा माओवादीका प्रवास भातृ संगठनहरुको सयुक्त आयोजनामा खुशीयालीको दीपावली मनाउन लागिएको हो |
तिनैवटै पार्टीबाट आ- आफ्ना भातृ संगठन,शुभेच्छुक संस्था, कार्यकर्ताहरु र आम नागरिकमा खुशी साटासाट गर्न आएको निर्देशन र स्वस्फूर्तरुपमा प्रवासमा रहेका राजनीतिक दलका भातृ संगठनमा माओ पार्टीहरुले संविधान निर्माणमा देखाएको ऐतिहासिक एकताले सबै संगठनको समुन्वयमा कार्यक्रम तय भएको जानकारी नेपाली जनसम्पर्क समितिका सह- महामन्त्री जीतेन्द्र महताले जानकारी गराएका छन् ।
छोटो समयमा कार्यक्रम तय गर्नु परेकाले कोरियामा रहेका सम्पूर्ण संघसंस्था, पत्रकार ,व्यापारी, विद्यार्थी, बुद्धिजीवी, शुभेच्छुक सबैलाई देहाय बमोजिमको मिति र स्थानमा उपस्थित भई दिन हुन जनसम्पर्क समिति सभापति नवराज शिवाकोटी, प्रवासी मंच अध्यक्ष गोबिन्द गाउले र जनअधिकार मंच अध्यक्ष सागर न्यापानेले सयुक्तरुपमा अपिल गरेका छन् ।
मिति-२० सेप्टेम्बर २०१५
समय- बेलुका ८ बजे
स्थान- नयाँ नेपाल हाउस, दोङ्देमुन