छुसकमा अनाथ बबलाबालिका संरक्षण कोषले बृहत अन्तरक्रिया कार्यक्रम गर्ने
सोल – बिगत दुई देखि अनाथ बालबालिकाको शिक्षा दीक्षाको लागि कार्यरत अनाथ बबलाबालिका संरक्षण कोषले आउदो छुसकको दोस्रो दिन बृहत अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गर्ने भएको छ |
”सेवक नेपाल” नामबाट नेपालमा दर्ता भईसकेको यस संस्थामा दक्षिण कोरिया , अस्ट्रेलिया , ईजरायलमा गरि ५३ जना सक्रिय सदस्य रहेका छन् |
संस्थाले सप्तरी , रामेछाप , ईलाम , काभ्रे जिल्लाका १० जना अनाथ बालबालिकाहरुलाई पदाउदै आएको छ | संस्थाको दुई बर्षको प्रगति विवरण तथा आउने दिनमा संस्थालाई अझै मजबुत बनाएर लैजाने बिषयमा छलफल पनि गरिने जनाएको छ |
उक्त कार्यक्रममा कोरियामा रहनु हुने बुद्धिजीवी , व्यापारी, समाजसेवी,पत्रकार, बिद्यार्थी ,मजदुर लगायत सम्पुर्ण नेपाली समुदायको उपस्थितिको लागि संस्थाले हार्दिक अनुरोध गरेको छ |
मिती:-२०१५/०९/२७ (छुसक को दोस्रो दिन)
समय :-बिहान ११ बजे
स्थान :- नयाँ नेपाल हाउस
कार्यक्रम स्थल जाने तरिका:- ४ नम्बर लाइन थोङ्म्यो आफ स्टेसनमा झरेर २ नम्बर गेटबाट २ मिनेट अगाडी
थप जानकारीको लागि :-
गोबिन्द गौतम – ०१०२९३१३०१०
शिव प्रसाद भट्ट- ०१०३०३७२३४४
कृष्ण राई “कमल” – ०१०७२६७६५१५
उपेन्द्र अर्याल – ०१०२८९१०१५५
याम चापागाई – ०१०६४९७४६९६
दिल पासा “जलारी” -०१०२९०१६०८०
पुनश्च :- उक्त दिन अरु संस्थाको पनि कार्यक्रम भएको हुदा ठिक समयमा नै सबैको उपस्थिति लागि अनुरोध गरिन्छ |