सेप्टेम्बरमा २७ देउडा गाइने
सोल- सुदूरपश्चिम समाज दक्षिण कोरियाले छुसक पर्बको बिदाको दोस्रो दिन अर्थात् सेप्टेम्बर २७ गते बुलेका ७ बजे कुमारी भान्सा घर दोङेमुनको माथिलो हलमा देउडा तथा भेटघाट कार्यक्रम गर्ने भएको छ |
समाजका सचिब कमलबहादुर शाहीका अनुसार सुदूर पश्चिम क्षेत्रको मौलिक पहिचान, लोक संस्कृतिको संरक्षण र जगेर्ना गर्दै प्रवासी भूमिमा देउडालाई चिनाउने उद्देश्यअनुरुप सो कार्यक्रमको आयोजना गर्न लागिएको हो |
कार्यक्रमलाई सभ्य र भव्यरुपले सम्पन्न गर्न सम्पूर्ण सुदूरपश्चिमबासीहरुलाई अनिवार्य उपस्थिति भई दिन सुदूरपश्चिम समाजका अध्यक्ष जीतेन्द्र महताले अनुरोध गरेका छन् |