उत्तर कोरिया रकेट प्रक्षेपणको तयारीमा जुटदैं
सोल-उत्तर कोरिया सरकारले आगामी अक्टोबर १०का दिन वर्कस पार्टीको ७० औं बार्षिकत्वसको अवसर पारेर रकेट प्रक्षेपण गर्ने तयारी गरीरहेको छ ।
बुधबार उत्तर कोरियाली सरकारले जनाएअनुसार उत्तरी प्योंगान प्रदेशको ग्रामीण भेग तोंगचांग्रीमा रकेट प्रक्षेपणको लागि तारबार लगाउने काम गरीरहेको छ । सो क्षेत्रमा रकेट प्रक्षेपण गर्ने भनिएता पनि हालसम्ममा रकेटको कुनैंपनि सामग्री तोंगचांग्रीमा लगिएको छैंन् ।सो क्षेत्रमा बढी नैं मानिसको आवतजावत हुने भएकोले रकेट प्रक्षेपण अन्यत्र हुन सक्ने स्रोतको दाबी रहेको छ ।
एक अधिकारीले बताए अनुसार कोरियाली नेता किम जोंग ऊनको आदेशलाई शिरोपर गर्दै तपाई कल्पना पनि गर्न सक्नुहुन्न ती वैंज्ञानिकहरुले छोटो समयमा कडा परिश्रम गरिरहेका छन् कि रकेट प्रक्षेपण पुर्णरुपमा सफल हुन्छ । एक वैंज्ञानिक भन्छन्,’विश्वलाई देखाउन चाहन्छौं हामी कति सिर्जनशील र देशभक्त छौं ।’
सि एन एनले प्रष्ट पार्दै भनेको छ उत्तर कोरिया रकेट प्रक्षेपणको अन्तिम तयारीमा पुगेको जनाउदैं अन्तरिक्षमा मल्टिपल सेटलाईट समेत पठाएको छ । उता दक्षिण कोरियाले भने उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्ने सक्ने आशंका व्यक्त गरेको छ ।