एमटियुले छुसकमा शैक्षिक तथा अन्तरकृया कार्यक्रममा गर्ने
सोल-प्रवासी मजदुर संङ्घ (एमटियु ) कोरिया र कोरियन मजदुर महासंङ्घ ( केसिटियु) ले यही छुसकको अवसर पारेर २८ तारिक सोमबार शैक्षिक तथा अन्तरकृया कार्यक्रम गर्ने भएको छ ।
प्रवासी मजदुर संङ्घ ( एमटियु) कोरियाले स्थापनाकाल देखी नै मजदुरहरुको पक्षमा , मजदुर अधिकारको लागी यहाँअको सरकारसँग निरन्तर समान्वय सँगैसंघर्षको कार्यक्रमहरु गर्दै आईरहेको छ ।
ईपिएसबाट कोरिया आएका साथै अन्य भिषामा आएका कार्यरत मजदुरहरुलाई लागु हुने मजदुर कानून , ईपिएसको नीति-नियम सम्ब्:न्धी कम्पनीमा परेको समस्या र त्यसको समाधानको उपाय , औधोगिक दुर्घटना , सेवा सुबिधा , कोरियन सरकारको परिवर्तन गर्न लागेको नयाँ मजदुर नीतिको बारेमा शिक्षा दिने र मजदुर संगठनमा प्रवासी मजदुरहरुको सहभागीता किन ? भन्ने बिषयमा छुसकको फुर्सदिलो समयलाई मध्य-नजर गरी शैक्षिक तथा अन्तरकृया कार्यक्रम एमटियुले गर्ने भएको हो ।
उक्त कार्यक्रममा उपस्थिती भएर मजदुर नीतिको ज्ञान लिईदिनुहुनको लागी कोरियाबासी सम्पूर्ण मजदुरहरुलाई एमटियु अध्यक्ष उदय राईले अनुरोध गरेका छ्न ।
स्थान : एमटियु हल , फुल्ग्वाङ यग , लाईन ३ गेट नं २
मिती : सेप्टेम्बर २८ तारिक सोमबार
समय : दिनको २ बजे
सम्पार्क : उद:य राई ०१०-५६७५२०११
रोशन राई ०१०-७४६०१४२२
बालकृष्ण बान्तावा ०१० -६४६३३४५२
दिनमणी पौडेल ०१०-५९३३१३२९
सर्दिप श्रेष्ठ ०१० -८५८६२२४३