५ लाख वनको चिठ्ठा कुमारीलाई
सोल-धनकुटा सेवा समाज कोरियाले वितरण गरेको चिठ्ठाको पहिलो पुरस्कार कुमारी राईले जितेकी छिन | आपत्कलीन रहत कोष स्थापनाका लागि समाजले गत अगस्ट महिनादेखि चिठ्ठा वितरण शुरु गरेको थियो |
सो चिठ्ठा गत २७ तारिख कोरियन पर्व छुसकको अवसर पारेर सोलमा खोलिएको थियो | जस अनुसार मोरङकी कुमारी राईले पहिलो पुरस्कार पाएकी हुन् |
त्यस्तै दोस्रो पुरस्कार नगद २ लाख ५० हजार वोन धनगढीका देवसिंहले पाएका छन् | तेस्रो १ लाख २५ हजार वोन पोखरा दिनेश पहाडी र सान्त्वनामा देवी लिम्वु र विकाश २ जनाले ५०/५० हजार वोन जितेका छन |
समाजले चुसकको अवसरमा रमाईलो भेटघाट तथा भग्यशाली चिठ्ठा कार्यक्रम अयोजना गरेको थियो |समाज धनकुटा जिल्लाबाट कोरिया आई विभिन्न पेशा व्यवसायमा रहेकाहरुको साझा संस्था हो |
समाजका अध्यक्ष चन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाबाट रोजगारी गर्न कोरिया आएकाहरुको स्वागत र कार्यअवधी पुरा गरी नेपाल फर्कन लागेका हेम कटुवालको विदाई गरिएको थियो।
चिठ्ठाका विजेताहरुलाई अर्धकट्टी सहित अक्टोबर ११ सम्ममा लिई सक्नु पर्ने र अन्यथा उपहार रकम संस्थाको कोषमा रहने कुरा समाजले जनाएको छ |
पुरस्कार सम्पर्कको लागि:-
चन्द्र राई-010-5954-7384
प्रदेश राई-010-4184-1985