किरात याक्थुङ चुम्लुङद्वारा पप गायक नरेन लिम्बु सम्मानित
सोल – किरात याक्थुङ चुम्लुङले पप गायक नरेन लिम्बुलाई सम्मान गरेको छ | दोङ्गदेमुन स्थित रेशम फिरिरी रेस्टुरेन्टमा आयोजित उक्त कार्यक्रममा श्रम सहचारी अनिल गुरुङ , जनजाति महासंघ कोरियाका अध्यक्ष चित्र बहादुर मोक्तान , संस्थाका अध्यक्ष सन्तोष मादेन लगायत कोरियामा विभिन्न पेशामा आवद्ध नेपालीहरुको उपस्थिति रहेको थियो |
कार्यक्रममा बोल्दै श्रम सहचारी अनिल गुरुङले नरेन लिम्बुको सांगेतिक भविष्य उज्जल रहेको र कलाकार भनेका देशका गहना हुन् भन्दै ”हामी नेपाली’ बोलको गीतले सन्देशमुलक रहेको बताए |
गायक नरेन लिम्बुले यो सम्मान आफ्नो जीवनको पहिलो सम्मान भएको सुनाउदै यसले आफुलाई अझै उर्जाशील र प्रेरणादायी हुने बताउदै सम्मान गर्ने संस्थाप्रति आभार प्रकट गरे |
उनि चुसकको पहिलो दिन म्याग्दी समाजले आयोजना गरेको ”म्याग्देली म्युजिकल शो” नामक कार्यक्रममा आफ्नो प्रस्तुति दिन कोरिया आएका थिए | नरेन लिम्बु नेपालको चर्चित ब्याण्ड आस्थाका सदस्य पनि हुन् |