अनाथ वालवालिकाका संरक्षण कोषको बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न
सोल – चुसक दोस्रो दिन अनाथ वालवालिकाका संरक्षण कोषको बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ | सोल स्थित नेपाल हाउसमा भएको उक्त कार्यक्रम दिल जलारी ”पासा” को सभापतित्वमा भएको थियो |
श्रम सहचारी अनिल गुरुङको प्रमुख अथिति रहेको कार्यक्रममा आईसीसी प्रतिनिधि केपी सिटौला , एनआरएन अध्यक्ष बिनोद कुवर , जनजाति महासंघका निबर्तमान अध्यक्ष भक्त शेरचन लगायत कोरियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत अन्य पेशाकर्मीहरुको पनि उपस्थिति रहेको थियो |
”सेवक नेपाल” नामबाट नेपालमा दर्ता भईसकेको यस संस्थामा दक्षिण कोरिया , अस्ट्रेलिया , ईजरायलमा गरि ७० जना अभियान्ताहरु छन् | विभिन्न जिल्लाका १० जना अनाथ बालबालिकाहरुलाई पढाउदै आएको यस संस्थाले आगामी दिनमा अझै बृहत रुपमा अघि बढने जनाउदै अनाथ बालबालिकाको लागि सेल्टर खोल्ने लक्ष्य राखेको छ |
सोहि कार्यक्रममा संस्थाले आर्थिक प्रतिवेदन पनि सार्वजनिक गरेको थियो |