डोल्मा शेर्पालाई ५८ लाख वन आर्थिक सहयोग,अझैं रकम अभाव
दोलखा जिल्ला खोपा चागु वडा न ९ का दावा ग्याल्बु शेर्पा को छोरी डोल्मा शेर्पा बिगत लामो समय देखि बोन म्यरो रोग ले ग्रस्त भई दक्षिण कोरिया को सुवन स्थित अजुदे हॉस्पिटल मा चरणबद्द रुपमा उपचार गराई रहेता पनि उपचारको क्रममा आर्थिक अभावभएपछि अस्पतालको सैयामा बाट नै बिरामी डोल्माले आर्थिक सहयोग गरी दिन हुन अपील गरेको हुन ।
दोलखा शेर्पा बी.सी. संपर्क मञ्च द.कोरियाको अध्यक्ष सेर साङबो शेर्पा को संयोजत्वमा डोल्मा शेर्पा बचाउ अभियान संचालन गरी कोरियामा क्रियासिल संग संस्था संग समन्वय गरी पहिलो चरणको उपचार गरी उक्त आर्थिक सहयोग संकलन लाई निरन्तरता दिदै अहिले दोस्रो चरणको उपचारको लागि कोरिया लगायत अन्न देशमा रहेका संघ संस्थाबाट संकलन गरिएको बोन म्यारो क्यान्सरबाट पीडित डोल्मा शेर्पालाई ५८लाख२७ हजार वन हस्तान्तरण गरेको छ ।
सहयोगी संघ संस्थाको नामवाली र रकम
1. दोलखा शेर्पा बी.सी. सम्पर्क मञ्च द.कोरियाले २७,२५०००वोन
2.दोलखालि समाज बाट ३,४०,००० वोन
3.इजरायल शेर्पा संघ श्री अङ छिरी शेर्पाको संयोजत्वमा १९,५०,००० वोन
4.जापानबाट नीम दावा शेर्पाको संयोजताम ७,७७,०००वोन संकलित
जम्मा :५८,२७,०००वोन