सपोर्ट नेपाल फाउन्डेशनले किम्हे माईग्रेन्ट हाउसमा कार्यक्रम गर्ने
भुकम्प पिडितलाई राहत पुर्याउने उद्देश्यले स्थापना भएर कोरियामा दर्ता भएको संस्था सपोर्ट नेपाल फाउन्डेशनले किम्हे माईग्रेन्ट हाउसमा कार्यक्रम गर्ने भएको छ ।
बिभिन्न जिल्लाहरुमा राहत बितरण गरी अहिले काभ्रे तथा नुवाकोटमा स्कुल बनाउन सहयोग गर्दै आएको र आगामी दिनमा कोरियामा एउटा छुट्टै सामाजिक अभियानमा लागी अन्य संस्थाहरुसग पनि समन्वय गरि अगाडी बढ्ने योजना रहेको सचिब के.पि.चौलागाईले बताए ।
स्थापनाकाल देखी अहिले सम्मको काम तथा गतिबिधीको जानकारी एबम कोरियामा एउटा नयाँ सामाजिक अभियान तथा बिजयादशमी कार्यक्रम २०७२ बारे छलफल गर्ने भएको हुँदा सम्पूर्ण पदाधिकारी र कोरिया बासी नेपालीहरु लाई निम्न मिति स्थान र समयमा उपस्थितको लागी सपोर्ट नेपाल फाउन्डेशनले अनुरोध गरेको छ ।
स्थान- किम्हे माईग्रेन्ट हाउस
मिति-२०१५-१०-१८ आईतबार
समय- दिउसो ४-६ बजे