नेपाललाई कोइकाको २० करोड डलर सहयोग
नेपाललाई कोइकाको २० करोड डलर सहयोग
फोनिज कोरिया संवादाता
काठमाण्डौ
कोरिया अन्तराष्ट्रिय सहयोग नियोग (कोइका) ले नेपालाई २० करोड अमेरिकी डलर बराबरको अनुदान सहयोग गर्ने भएको छ। कोइकाले संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) द्धारा नेपालमा संचालित सामुयल शून्य भोकमरी समुदाय परियोजनाका लागि सहयोग गर्ने भएका हुन् ।
सो परियोजना सन २०१२ देखि डोटी जिल्लाको लाडागाडा र पोखरी गरी २ वटा गविसमा शुरु गरिएको हो । तीन वर्ष भित्र ती समुदायका १ हजार ७ सय ७२ घरपरिवारको जीविकोर्पाजनमा सुधार आएको डब्लुएफपीले जनाएको छ। परियोजनाले अब डोटी जिल्लाका पाँच गाउँ गन्जरी, गौरीगाउँ, कदमानडाऔँ , खीरसैनान्द र सानागाउँका हजार भन्दा बढी घरलाई समेटेर काम गर्ने भएका छन् ।
डब्लुएफपी नेपालले विज्ञप्ती जारी गर्दै कोइकाको सो सहयोगको स्वागत गरेको छ । साथै २०१७ सम्मको आफ्नो परियोजना मार्फत यो सहयोगले नेपालको सुदुरपश्चिम क्षेत्रको गरिवी निवारणमा सहयोग पुग्ने आशा राखेका छन् ।