कोरियाका लागि सिफारिस राजदूतको नाम फिर्ता
फोनिज कोरिया संवाददाता
काठमाण्डौ
दक्षिण कोरियाको राजदूतको लागि सिफारिस गरिएको युवराज कार्कीको नाम सरकारले फिर्ता लिएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले अघिल्लो सरकारले सिफारिस गरेको १४ जना राजदूतको नाम फिर्ता गर्ने निणर्य गरेका छन् । यसैक्रममा कार्कीको नाम पनि फिर्ता भएको हो ।
अघिल्लो सरकारले गत बैखाशमा ८ जना परराष्ट्रसेवा र १४ जना राजनीतिक दलबाट सिफारिस गरेका सबैजनालाई फिर्ता गरिएको हो । रिफारिस गरिएका मध्ये परराष्ट्रसेवाका आठ जनाको संसदीय सुनुवाई सकिएको छ भने बाँकीको शुक्रबार गरिने भएको थियो । तर सुनुवाई गर्नु अघि नै सरकाले सिफारिसहरुको नाम फिर्ता लिने निर्णय गरेको छ ।