कोरियामा प्रवासी मजदुरबारे शैक्षिक कार्यक्रम गरिने
सउल
कोरियामा प्रवासी मजदुरहरु प्रवेश गरि मजदुरी गर्न लागेको ३ दशक हुन लागेको छ । हाल प्रवासी मजदुुरहरुको संख्या १०लाख पुगिसकेको अवस्था छ । यस बिचमा प्रवासी मजदुर सम्बन्धि निति नियममा केहिहदसम्म सुधार भए पनि पुर्णरुपमा मजदुरको पक्षमा छैन र प्रवासी मजदुरहरुले भोग्नु परेको समस्यामा कुनै कमिआएको छैन ।
कम ज्यालामा जबरजस्ती काम गर्नु पर्ने अवस्था, कम्पनी परिबर्तन गर्दा हुने समस्या , कृषि क्षेत्रमाको मजदुरहरुको समस्या, अवधि थप नहुदा भिषा गुमाउन पर्ने अवस्था, औधोगिक दुर्घटना ,आत्माहत्या तथा बिभिन्न कारणले हुने मृत्युहरु दिनानु वृद्धि भई रहेको कुरा तपाई हामीलाइ आवगतै छ ।
त्यसकारण यस्ता प्रवासी मजदुरहरुको समास्याको स्थाई समाधानकोलागि तपाई हाम्रो के भुमिका हुन सक्छ ?साथै हामी कुन ठाउमा संगठित हुने भन्ने बिषयलाई लिएर प्रवासी मजदुर संगठन (एमटियु) ले एमटियु कार्यालय सउलमा बृहत अन्तरक्रिया साथै मजदुर निति नियम सम्बन्धि शैक्षिक कार्यक्रमको आयोजन गर्न गईरहेको हुनाले बिभिन्न देशको संघ संस्थाको प्रतिनिधि ,मजदुर ,पत्रकार साथै सम्पुर्ण दाजु भाई तथा दिदीबहिनीहरु उपस्थित भई दिनुहुन हार्दिक अनुरोध गरिन्छ ।
अन्तरक्रिया हुने स्थान र मिति मिति:- २०१६ अगष्ट १४ तारिक आईतबार समय: दिनको २ बजे । स्थान : एमटियु कार्यालय सउल रेल लाइन नं ३ फुल्ख्वाङ स्टेसन गेट नं २
सम्पर्क :- उदय राई :०१०–५६७५–२०११ मधुसुदन ओझा ०१० –२८६७ –२९८४ रोशन राई ०१०– ७४६०–१४२२ दिनामनी पौडेल ०१० –५९३३–१३२९ भरत पाण्डे :०१० –५९५८–५६८७ दुर्गा भट्टराई : ०१० –८५६५–९८४