मोवादी नेता आहुती र चौलागाई कोरिया आइपुगे
फोनिज कोरिया संवाददाता
सउल
नेकपा माओवादीका स्थायी सदस्य विश्वभक्त दुलाल (आहुती) र केन्द्रिय सदस्य तथा विदेश विभाग सचिव युवराज चौलागाई शुक्रबार दक्षिण कोरिया आइपुगेका छन् । पार्टीका विदेश संगठन नेपाल जनअधिकार मञ्च दक्षिण कोरियाको आगामी आइतबार सउलमा गर्न लागिएको अधिबेशनलाई सम्बोधन गर्न आएका हुन ।
उनीहरुलाई स्वगत गर्न मञ्चका अध्यक्ष गणेश कालिकोटे , उपाध्यक्ष चुडामणि अधिकारी तथा सल्लाकाहरु दिलिप धिताल, दीपक पुन र खगेन्द्र बुढामगर इन्छन विमान स्थल पुगेका थिए । पार्टीका संस्कृतीक विभाग प्रमुख तथा लेखक आहुतीले अधिवेशनमा प्रमुख आतिथ्य निभाउने छन भने विदेश विभाग सचिव चौलागाईले विशेस आतिथ्य निभाउने मञ्चले जनाएको छ ।
कोरियाको विभिन्न आठ शहरमा गठित शाखाका पदाधिकारी सहितको सहभागितामा हुन लागेको अधिवेशनमा विशेष गरी बाम एकता बारे छलफल गरिने मञ्चले जनाएको छ ।