फोनिज कोरिया सम्वाददाता
सउल, पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले कोरियास्थित नेपाली राजदूतावासको निरिक्षण गरेका छन् । नयाँ शक्ति नेपाल पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कोरियाले आयोजना गरेको बृहत् खुल्ला अन्र्तक्रियामा सहभागी हुन आएका भट्टराईले आज बिहान निरिक्षण गरेका हुन् ।
निरिक्षणका क्रममा भट्टराईले दुतावासका गतिविधी र यहाँ कार्यरत नेपाली कामदारका विषयमा जानकारी लिएका थिए । आजै एघार बजे राजधानी सोलस्थित जोगेशा हलमा अन्तर्राष्ट्रिय नेपाली समाजले गर्न लागेको अन्र्तक्रिया कार्यक्रममा सम्बोधन गर्ने र साँझ हुने पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम पनि रहेको छ । सो पत्रकार सम्मेलनमा उपस्थित भएर आफुलाई लागेका जिज्ञासा सोध्न कोरिया क्रियाशिल पत्रकार, व्यावसायि, मजदुर, बुद्धिजिवी लगायत सम्पुर्णलाई समाजले अपिल गरेको छ ।