भक्तपुर समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न
फोनिज कोरिया सम्वाददाता
दक्षिण कोरिया, भक्तपुर समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन हालै सम्पन्न भएको छ । रमेश गिरीको अध्यक्षतामा बसेको नयाँ कार्यसमितिमा उपाध्यक्ष रन्जित भारती, सचिव कृष्ण थापा, सहसचिव मोहन श्रेष्ठ /सुरेन्द्र श्रेष्ठ र कोषाध्यक्ष राम पोख्रेलचयन भएका छन् । त्यसैगरी सदस्यहरुमा राजेन्द्र कुबु, श्रवण कुमार साप्कोटा, रुपा बुढाथोकी, मनिश पुरी, सुदिप राउत, बिनोद राउत, रिनोज श्रेष्ठ, सुरेश राज गिरि, बिनय के सि, बिजन बनमाला, रोशन नेमाफुकी, उमेश सुनुवार, सरोज लामिछाने, अमोद राउत, हरि चापागाईं , राजु अवाल रहेका छन् ।
भक्तपुर समाज दक्षिण कोरियाका सल्लाहकारज्युहरु को प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा नयाँ कार्य समितिलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । त्यसैगरी आफ्नो कोरिया बसाइ अबधिमा भक्तपुर समाज लाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने र कोरिया को कार्य अबधी सक्नुहुने सम्पूर्ण लाई बिदाइ कार्यक्रम गरियेको छ ।