फोनिज कोरिया सम्वाददाता
ईलाम सूर्योदय सेवा समाजद्वारा आयोजित भाग्यशाली चिठ्ठा कार्यक्रम स्थगित भएको छ । ईलाम सूर्योदय सेवा समाजद्वारा आयोजित अपाड्ग तथा असक्त बालबालिका एबम् संस्थाको आर्थिक बिकासमा टेवा पुर्याउने उदेश्य लिएर भाग्यशालि चिठ्ठा कार्यक्रम गर्ने अनुमति औपचारिक रुपमा नेपाल सम्पर्क समिति (NCC) द ,कोरिया बाट कोरियाको महान चाड छुसकमा गर्ने अनुमति पाएको थियो ।
ईलाम सूर्योदय सेवा समाजले पनि गत सेप्टेम्बर 15 तारिक झापामिलन समाजले आयोजना गरेको कंन्काई सांगितिक कार्यक्रममा खुलाईने मिति सार्बजनिक गरेको थियो तर छुसकमा धेरै कार्यक्रम हुने भएकोले कतिपय संघ संस्थामा वितरण गरिएको टिकट तथा अर्धकट्टीहरु उपलब्ध हुन नसकेकोले चिठ्ठा खुलाउन नसकेको ईलाम सूर्योदय सेवा समाजका अध्यक्ष हरि खनाल बताउनुहुन्छ ।
तोकिएको मितिमा सो कार्यक्रम गर्न नसकेकोमा ईलाम सूर्योदय सेवा समाज द. कोरिया परिवार चिठ्ठा खरिद गर्नुहुने ,महानुभाबहरु ,लगायत संघ संस्थाहरुमा क्षमा चाहान्छौ ।र अब छिटै नै हामि कार्यक्रमको मितितय गरि यहाँहरुसबैमा खुलाईने मिति न्युजमार्फत सार्बजनिक गर्ने प्रतिबद्ता गर्दछौ ।