कोरियामा नेपाली दूतावासले संविधान दिवस मनाए
सउल
दक्षिण कोरिया स्थित नेपाली राजदूताबासले आइतबार संविधान तथा राष्ट्रिय दिवस मनाएका छन् । सउल स्थित दूताबासले आफ्नै प्रांगनमा आयोजना गरेको कार्यक्रममा झण्डोत्तलन गरी नेपालको राष्ट्रिय झण्डा फराउदै केक काटेर संविधान तथा राष्ट्रिय दिवस मनाए ।
सोही अवसरमा दूतावासले अग्रिम आवहान गरिएका कविता प्रतियोगिताको छनौटमा परेका कविता वाचन गरिएको थियो । छनौटमा परेका २० वटा कविता मध्ये ११ कविता कार्यक्रममा वाचन गरिएको थियो । प्रतियोगितामा जीवन खत्री प्रथम, सुरेश सम्वाहाम्फे द्धितीय र प्रमोद गौतमले तृतीय स्थान हासिल गरेका थिए । विजयीहरुलाई कार्यक्रममा पुरस्कार प्रदान गरिएको थियो ।
कविता प्रतियोगितामा दूतावासबाट श्रम सहचारी देवराज ढकाल , नेपाली साहित्य समाज दक्षिण कोरियाका अध्यक्ष कल्पना धर्ती र डा. देवि बहादुर बस्नेतले निणार्यक भूमिका निभाएका थिए । कार्यक्रममा कार्यवाहक राजदूत किरण शाक्यले संविधान तथा राष्ट्रिय दिवस बारे चर्चा गरेका थिए । कार्यक्रममा एनआरएन कोरिया , नेपाली सम्पर्क समितीलगायत विभिन्न राजनीतिक दल , क्षेत्रिय, जातिय र विभिन्न सामाजिक संस्थाका प्रतिनीधीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम सकिएपछि दुतावासले रात्री भोजको व्यवस्था गरेको थियो ।