अन्तराष्ट्रिय नेपाली समाज कोरियाको आय व्याय सार्वजनिक
फोनिज कोरिया संवाददाता
सउल
नयाँ शक्ति नेपालका विदेश विभाव अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाले गत सेम्टेम्बर १५ र १६ तारिख सउलमा गरेको कार्यक्रमको आय व्याय सार्वजनिक गरेको छ । आय १ करोड १० लाख ३५ हजार ११० कोरियन वन रहेकोमा ५७ लाख ५१ हजार ३ ७० खर्च भई बाँकी ५२ लाख ८३ हजार ७४० वन वचत रहेको जनाएको छ ।
आम्दानीमा सचिवालय सदस्य, परिषद सदस्य र क्षेत्रिय सदस्य शुल्कहरुदेखिएको छ भने खर्चमा कार्यक्रम गर्दा प्रचार प्रसार , हल व्यवस्थापन , अतिथी तथा यतायात, स्वायंमसेवक खर्च जस्ता विषयमा भएको खर्चलाई समेटेका छन् ।
अन्तराष्ट्रिय नेपाल समाज कोरियाले गत सेम्टेम्बर नयाँ शक्ति नेपालमा संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कोरिया निमनत्रणा गरी वृहत अन्तरकृया कार्यक्रम गरेका थिए ।