स्व. मनोज डांगीको श्रद्धाञ्जलीसभा स्थगित
फोनिज कोरिया संवाददाता
सउल
दक्षिण कोरियामा गत सेप्टेम्बर २० तारिख आत्माहत्या गरेका व्यवसायी, समाजसेवी र साहित्यकर्मी मनोज डांगीको भोली आइतबार (अक्टोबर २ तारिख) गरिने भनिएको श्रद्धाञ्जलीसभा कार्यक्रम स्थगित गरिएको छ ।
श्रद्धाञ्जलीसभाका आयोजक संखुवासभा सेवा समाज दक्षिण कोरियाले परिवारबाट अहिले नगर्ने सुझाव आएकाले स्थगीत गरिएको अध्यक्ष भूपाल बस्नेतले बताउनुभयो । त्यस्तै स्व. डांगी अध्यक्ष रहेको अर्का संस्था अन्तराष्र्टिय नेपाली साहित्य समाज दक्षिण कोरियाले पनि परिवारबाट अनुरोध आएकोले श्रद्धाञ्जलीसभा स्थगित गरिएको उपाध्यक्ष सुर्य खत्रीले बताउनुभयो ।
फोनिज कोरिया संग कुरा गर्दै स्वं डांगीका पत्नी रिता गुरुइ०ले भन्नुभयो अन्त्येष्ठीमा आएका मलामीहरुलाई खानपनि गर्नुपर्ने भएकाले परिवारको पनि सहकार्यमा संयुक्त श्रद्धाञ्जली गर्नको लागि आयोजकलाई अनुरोध गरिएको हो । अहिले हामी भरखरै १३ दिने कर्मकान्डबाट निस्केकोले कुनै तयारी गर्न नपाएको गुरुइ०ले थप्नुभयो ।
स्व. डाँगी जिल्लाबासी संखुवासभा र अन्तराष्र्टिय साहित्य समाजले यही आइतबार सउलको नेपाल हाउसमा श्रद्धाञ्जलीसभा गर्ने भनिएको थियो । सो सभा स्व. दूधराम लिम्बुको श्रद्धाञ्जलीसभाका आयोजक ग्लोबल तेह्रथुम सेवा समाज र किराँत याक्थुइ० चुम्लुइ०संगै गर्ने समाचार प्रकाशित भएको थियो ।